• ९ वैशाख २०८२, मङ्गलबार

गाउँका सडक धमाधम ग्राभेल गरिँदै

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, फागुन ५ गते । पछिल्लो समय स्थानीय तहका ग्रामीण सडक धमाधम ग्राभेल हुने क्रममा छन् । स्थानीय सरकार, बागमती प्रदेश सरकारका समन्वय र बजेटमा सडकहरू ग्राभेल हुन थालेको हो ।

बलेफी गाउँपालिका–८ स्थित लामोसाँघु–टोप्पका सडक ढलान र ग्राभेल हुन थालेको छ । उक्त सडकको सारनी मोडमा ढलान हुन थालेको स्थानीय तथा उपभोक्ता समितिका अध्यक्ष नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेश सरकारको १५ लाख रुपियाँको बजेटमा ढलान कार्य अघि बढेको छ । यो बजेटबाट १० मिटर ढलान, ७५ घनमिटर वाल र दुई सय घनमिटर सोलिङ गरिएको छ । सो सडकखण्डमा सोलिङ, मेसिनरी वाल र ढलान निर्माण थालिएको छ । उक्त् सडकखण्ड बर्खायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । हिउँद बर्सात जुनसुकै बेला सिम्पानीलगायतका घुम्तीमा सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएका कारण अहिले सो मोडमा ढलानको काम भइरहेको पराजुलीले बताउनुभयो ।

सडकखण्डमा पानी पर्नासाथ सवारीसाधान पूर्ण रूपमा बन्द हुन्छ । पैदलयात्रीलाई समेत हिँड्डुल गर्न कठिन हुने गरेको थियो । सोही कारण समस्या उत्पन्न भएपछि प्रदेश सरकारले बजेट उपलब्ध गराएको थियो । स्थानीय उपभोक्ता समितिमार्फत सडक स्तरोन्नतिको काम सुरु भएको छ ।