• ८ वैशाख २०८२, सोमबार

पहिरो पीडितलाई राहत रकम

blog

गुणबहादुर रोका 

सुलीकोट, फागुन ६ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकाको रेसे गाउँको पहिरो पीडितलाई राहत रकम वितरण गरिएको छ । साउन १३ गते धार्चे गाउँपालिका–५ सिङलास्थित रेसेगाउँमा पहिरोले मृत्यु भएका ५ जनाको परिवार र पहिरोमा घाइते भएका २ जनाको परिवारलाई मङ्गलबार वाटर इनर्जी डेभलपमेन्ट कम्पनीले राहत रकम वितरण गरेको धार्चे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले जानकारी दिनुभयो ।   

उहाँका अनुसार गाउँपालिकाको पहलमा कम्पनीसँग प्रति मृतक रु ३ लाख र घाइतेहरूलाई ६ लाख रुपियाँ दुई किस्ता गरेर उपलब्ध गराउने सहमति भएको थियो, प्रमुख प्रशासकिय अधिकृत सुनारले भन्नुभयो, “सोहि सहमति बमोजिम मृतकको परिवारलाई पहिलो किस्ताको राहत रकम एक लाख पचास हजार र घाइतेलाई ३ लाख उपचार खर्च उपलब्ध गराइएको हो ।”

सोहि कम्पनीका कर्मचारी समेत भएकाले मृतक रमेश गुरुङको परिवारलाई भने कम्पनीले राहत बाहेक थप रु. ७ लाख दिने सहमति अनुसार पहिलो किस्ताको रु. ३ लाख पचास हजार पनि प्रदान गरिएको प्रशासकिय अधिकृत सुनारले बताउनुभयो । 

वाटर इनर्जी डेभलपमेन्ट कम्पनीले गत महिनाको साउन १३ गते करिब ३ बजेको समयामा राती रेसेफाँटको पहिरोमा परेर एकै परिवारका ३ जना जीतबहादुर गुरुङ उनका श्रीमती कान्छी गुरुङ, बुवा सुलाल कान्छा गुरुङ, रमेश गुरुङ र रमेश परिवार सहित ५ जनाको मृतकका परिवारलाई बाँकी रकम दोस्रो किस्तामा उपलब्ध गराउने सहमति भएको प्रशासकिय अधिकृत सुनारको भनाइ छ ।  

धार्चे गाउँपालिका र कम्पनीबिच गत पुस २५ गते दुई पक्षबिच बैठक बसेर मृतक परिवार र घाईतेलाई राहत रकम उपलब्ध गराउने सहमति भएको धार्चे गाउँपालिकाको उपाध्क्ष्य सुनिला गुरुङले जानकारी दिनुभयो ।

मृतक परिवार र घाइते भएकाहरूलाई धार्चे गाउँपालिकाले यसअघि नै एक लाख रुपियाँ राहत रकम उपलब्ध गराइसकेको धार्चे गाउँपालिकाले जनाएको छ ।