अमरराज नहर्की
तनहुँ, फागुन ५ गते । वडा सचिवमाथि कुटपिट गर्ने तनहुँको बन्दिपुर गाउँपालिका– ६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
सोही वडाका वडासचिव नवीन भूसाल कुटपिटबाट सोमबार घाइते भएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगितामा इस्टिमेटभन्दा बढीको बिल सचिवले पास नगरेको भन्दै वडाअध्यक्षले आक्रमण गरेका थिए । अध्यक्ष गुरूङको प्रहारबाट घाइते वडासचिव भुसालको अनुहार र घाँटीको भागमा चोट लागेको छ ।
कुटपीटबाट घाँटी सुन्निएकाले बन्दीपुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको प्रनाउ थापाले जानकारी दिनुभयो ।