• ७ वैशाख २०८३, सोमबार

आइटिएफ तेक्वान्दोमा आर्मी टिम च्याम्पियन

blog

च्याम्पियन आर्मी टिम ।

काठमाडौँ, वैशाख ७ गते । २५औँ आइटिएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता नेपाल आर्मी टिम च्याम्पियन बनेको छ ।

नेपाल अन्तर्रास्ट्रिय तेक्वान्दो महासङ्घ (एनआइटिएफ) को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दुई दिने प्रतियोगितामा आर्मीले १९ स्वर्ण, चार रजत र नौ कांस्य जितेर च्याम्पियन बनेको हो ।

यस्तै बागमती प्रदेश सात स्वर्ण १० रजत र नौ कांस्यसहित दोस्रो भयो । तेस्रो भएको एपिएफ क्लबले चार स्वर्ण, सात रजत र ६ कांस्य जित्यो ।

व्यक्तिगततर्फ पनि आर्मीकै खेलाडी उत्कृष्ट भए ।आर्मी सुमन मरासिङ्गी मगर पुरुषतर्फ र रिना धिमाल महिलातर्फ उत्कृष्ट खेलाडी बन्नुभयो । सुमनले ती र रिनाले पाँच स्वर्ण जित्नुभयो । 

विभिन्न विधा अन्तर्गत खेलाडीहरूले एकल स्पारिङ, एकल प्याटर्न, समूह स्पारिङ, समूह प्याटर्न तथा सेल्फ डिफेन्समा प्रतिस्पर्धा गरेका थिए ।

यस्तै दोस्रो यु–१५ आइटिएफ प्रतियोगितामा बागमती पहिलर लुम्बिनी दोस्रो र कर्णाली प्रदेश तेस्रो भयो । बागमतीले नौ स्वर्ण पाँच रजत र सात कांस्य, लुम्बिनीले चार स्वर्ण ६ रजत र सात कांस्य तथा कर्णालीले चार स्वर्ण पाँच रजत र सात कांस्य जित्यो ।

यु–१५ मा पुरुषतर्फ गण्डकीका सचिन कुमाल र महिलातर्फ बागमतीका आकृती नेपाल उत्कृष्ट खेलाडी घोषित हुनुभयो । प्रतियोगितामा जुनियर र सिनियरमा प्याटर्न र स्पाइरिङमा गरी कुल दुई सय जना खेलाडीले प्रतिस्पर्धा गरेको महासङ्घका अध्यक्ष प्रवीणकुमार कार्कीले जानकारी दिनुभयो । 

प्रतियोगितामा सातै प्रदेशसहित नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ गरी कुल नौ टिमको सहभागिता रहेको थियो ।