महेशकुमार दास
जलेश्वर, फागुन ४ गते । २०८४ को चुनावमा ‘महिला पहिला’ नारासहित महोत्तरीको जलेश्वरमा महिला अधिकारकर्मीहरुले आइतबार यात्रा निकालेका छन् । जलेश्वरस्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय अगाडीबाट सुरु भएको यात्रामा महिला अधिकारकर्मीहरुले मिसन २०८४ को चुनावमा महिलाको प्रतिनिधित्व बढाउने उद्देश्य साथ ‘महिला पहिला’ नारा सहित यात्रा गरेका छन् ।
यात्रामा सहभागि महिला अधिकारकर्मीहरुले बाल विवाह अन्त्य गर, दाईजो प्रथा अनत्य गर, महिलाको अधिकार सुनिश्चित गर्ने नारा दोह¥याउँदै नगरको विभिन्न भागको यात्रा पुरा गरि महेन्द्र चौकमा पुगि कोण सभा गरेका थिए । सो सभा जलेश्वर नगरपालिकाको नगर प्रमुख सुरेश साह सोनारले राज्यले महिलालाई दिएको अधिकार पाउन महिलाहरु सशक्त भएर अगाडी बढ्नुपर्ने आवश्यकता औल्याउनु हुँदै महिलाले आफनो अधिकार समयमा माग्नु पर्नेमा जोड दिनुभयो ।
यसैगरि जलेश्वर नगरपालिकाको उपप्रमुख रौशन खातुनले शिक्षामा जोड दिए मात्र महिलाले अधिकार प्राप्ती हुने भएकोले महिला शिक्षामा ध्यान दिएर आ–आफना बालबालिकालाई शिक्षामा पहुँच पुर्याएर अधिकार लिन लायक बनाउनु पर्नेमा जोड दिनुभएको छ ।
अन्तर–पुस्ता महिलावादी मञ्च (आईजिएफएफ) ले देशव्यापी महिलावादी “अनुपम अभियान” अन्तर्गत महोत्तरीका महिला अधिकारकर्मीहरुलाई सहभागि गराई यात्रा गरिएको अनुपम यात्रा अभियानका सदस्य तथा महिला अधिकारकर्मी रिता साहले बताउनुभएको छ । अनुपम अभियानको मुख्य लक्ष्य एउटा न्यायिक र समातमुलक समाज बनाउन टेवा पु¥याउनु रहेको अधिकारकर्मी साहले बताउनुभएको छ ।
यो अभियान २०८० देखि शुरु भई २०८४ सालसम्म सञ्चालन हुनेछ । अभियानले न्यायिक समतामूलक समाजको निर्माण गर्न टेवा पु¥याउने लक्ष्य लिएको छ । महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गरेकोले कुनै पनि पछाडि पारिएका समुदाय र महिलाहरुको आवाज बुलन्द गर्दै राष्ट्रको हरेक तहमा निरर्णायक भूमिकामा पु¥याउने र परमुखी विकासको कुलो फर्काउदै, आत्म सम्मान र आत्मनिर्भरता बढाउने अभियानको प्रयास रहेको अधिकारकर्मी साहले जानकारी दिनु भएको छ ।
महिलाको नेतृत्वलाई स्विकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य बनाउन आउँदो निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ता साहले बताउनुभयो ।