सापकोटालाई कार्यवाहक अध्यक्षको जिम्वेवारी
नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरमा कार्यवाहक अध्यक्षको जिम्वेवारी सचिव विष्नुप्रसाद सापकोटा (बिमल) ले पाउनुभएको छ ।
महानगरद्वारा तीन महिनामा १६ करोड २६ लाख राजस्व सङ्कलन
मधेस प्रदेशकै एकमात्र महानगरपालिका वीरगञ्ज महानगपालिकाले चालु आर्थिक वर्षको तीन महिनामा रु १६ करोड २६ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।सो अवधिमा विभिन्न २१ शीर्षकमा रु १६ करोड २६ लाख ३६ हजार चार सय ३७ राजस्व सङ्कलन गरिएको हो ।
पाथीभरामा बलिको विकल्प नरिवल
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् ।
दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानीकर्ता एसियाली विकास बैङ्क (एडिबी) का प्रतिनिधिले दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । निर्देशक घिसिङसहित एडिबी मनिला हेड क्वाटरबाट रमसे शुक्रमन्याम र एडिबीका नेपाल कन्ट्री डाइरेक्टर अर्नर्ड कुस्वा आयोजना स्थल रभुँवामा आउनुभएको हो । आयोजनाको पछिल्लो अवस्थाको विषयमा बुझ्न उहाँहरू रभुँवा आउनुभएको प्राधिकरणका उपनिर्देशक एवं दुधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाका प्रशासन प्रमुख वासु कलौनीले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा सहमतीय सरकार बन्छ : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहमतीय सरकार निर्माणका लागि आफू लागिपरेको बताउनुभएको छ । वर्तमान प्रदेश सरकार विशिष्ट परिस्थितिमा निर्माण भएकाले कोशीमा सहमतिको सरकारको विकल्प नभएको उहाँको भनाइ छ ।
मौसम खुलेसँगै अन्तुमा पर्यटकको आवागमन बढ्यो
कात्तिक महिना लागेसँगै इलामका पर्यटकीय स्थलमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । पर्यटकीय गन्तव्य अन्तु, कन्याम, सन्दकपुरलगायतका स्थानमा रहेका होटल, कटेज र होमस्टेमा दैनिक पर्यटकको चाप बढ्न थालेको हो ।
विद्युतीय झिलिमिलिको चुनौतीमा पाला
चाडपर्वहरु नजिकिँदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदाय माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ ।
कार्यकारी निर्देशक घिसिङ र एडिबी प्रतिनिधि दूधकोशी जलविद्युत् आयोजना स्थलमा
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको लगानी कर्ता एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिहरुले दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ ।
बाँसका सामानबाट जीविकोपार्जन
न रोजेर पाइन्छ न खोजेर पाइन्छ श्रम गर्न सिप नै चाहिन्छ भन्ने भनाइलाई रामधुनी–३, बुद्धनगरका ५८ वर्षीय रामस्वरूप मरिकले व्यवहारमा उतार्नुभएको छ । बाँसबाट बन्ने सामान बनाएर उहाँले परिवारलाई मात्रै पाल्नुभएको छैन, छोराछोरीलाई पढाएर जागिरेसम्म बनाउनुभएको छ ।
धान भित्र्याएका किसान आलु रोप्न व्यस्त
भोक्राहा नरसिंह गाउँपालिकाका किसान अहिले आलु रोप्न व्यस्त छन् । धान र जुट खेती गरेका किसानले बाली भित्र्याएपछि अहिले आलु रोप्न व्यस्त भएका हुन् । अहिले भोक्राहा नरसिंहका किसानलाई आलु रोप्नका लागि जग्गा जोत्ने, खन्ने, मल बोक्ने र आलु रोप्ने कामले भ्याइनभ्याइ छ ।
गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी
मोरङको पथरीमा जारी पीएसपीएल क्रिकेट लिग सिजन फोर अन्तर्गत बुधबार भएको खेलमा गोर्खा लिजेन्ट र वीरेन्द्रनगर स्टिल टाइगर विजयी भएका छन् ।
अरिङ्गालले टोकेर एकको मृत्यु
अरिङ्गालले टोकेर इलाम नगरपालिका –१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महाेत्सवको तयारी
इलामको प्रमुख पर्यटकीय स्थल माइपोखरीमा त्रि–धार्मिक महाेत्सवको तयारी थालिएको छ । विश्वशान्तिको कामनासहित आगामी मङ्सिर १ देखि ८ सम्म सनातन, बौद्ध र किरात धर्मावलम्बीले संयुक्त रुपमा महाउत्सव आयोजना गर्न लागिएको हो ।
पाँच करोडको सुविधायुक्त अतिथि गृह
खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा सुविधायुक्त अतिथि गृह (धर्मशाला) निर्माण गरिएको छ । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा तीर्थालुका लागि करीब पाँच करोडको लगानीमा सुविधायुक्त अतिथि गृह निर्माण गरिएको हो ।
जनश्रमदानमार्फत रोपिएका फूलले ढकमक्क भयो मझुवागढी क्षेत्र
जनश्रमदानमार्फत रोपिएका फूलले खोटाङको ऐतिहासिक स्थल मझुवागढी क्षेत्र ढकमक्क भएको छ । फूलले ढकमक्क भएपछि धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा आन्तरिक पर्यटकहरुको घुँइचो लाग्न थालेको छ ।
विस्थापित हुँदै काठका घर
ग्रामीण बस्तीको पहिचान बोकेको काठको घर, माटोले लिपेको भित्ता, कलात्मक रूपमा बनाइएका भुइँटाँडे र भुइँघरहरू गाउँबाट विस्थापित हुन थालेका छन् । कङ्व्रिmटको सहरबाट गाउँ आउनेहरू
मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान
किरात ऐतिहासिकस्थल मझुवागढी जाने पदमार्ग दायाँबायाँ रोपिएका विभिन्न प्रजातिका फूल अहिले ढकमक्क फुलेका छन् । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी जाने फलामे रेलिङसहितको पदमार्ग दायाँबायाँ रोपिएका सयपत्री, मखमली, गोदावरी, चिचुचाङ्गे, बगान बेलिया, लालुपातेलगायत फूल ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जोकोही मानिसको मन लोभिने गरेको छ ।
शरणार्थीद्वारा बहुपक्षीय वार्ताको माग
पूर्वी नेपालको दमक नगरपालिका–३, भुटानी शरणार्थी शिविर बेलडाँगीमा रहेका भुटानी शरणार्थीहरूले भुटानी समस्याको दीर्घकालीन र न्यायोचित समाधानका लागि भूमिका खेल्नका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आग्रह गरेका छन् ।
२१ लाख ८७ हजार सहित एक वालक पक्राउ
मोरङ प्रहरीले विराटनगरको मुख्य बजार क्षेत्रबाट अवैध रूपमा ल्याइएको २१ लाख ८७ हजार रुपैयाँ बरामद गरेको छ । विशेष सूचनाका आधारमा मङ्गलवार अपराह्न प्रहरीले एक बालकको नगद सहित पक्राउ गरेको हो ।
मोरङ र सुनसरीको औद्योगिक करिडोरमा विद्युत आपूर्ति गर्दै प्राधिकरण
नेपाल विद्युत प्राधिकरणले कोशी प्रदेशका मोरङ र सुनसरी जिल्लाका औद्योगिक करिडोरमा यस वर्ष भरपर्दो र गुणस्तरीय विद्युत आपूर्तिका लागि अधिकतम प्रयास गरिरहेको छ ।
भेडापालनमा किसानको आकर्षण घट्दै
गडेरी (पाल) समुदायको पुर्ख्याैली पेसाका रूपमा रहेको भेडापालन व्यवसाय सङ्कटमा परेको छ । चरनको कमी र भेडाको मासु तथा उन बिव्रmीका लागि बजार अभाव बन्दै गएपछि भेडापालनप्रति किसान आकर्षित हुन सकेका छैनन् । जिल्लामा झन्डै दुई सयभन्दा बढी भेडीगोठ रहेकामा हाल १० वटामा झरेको बताइन्छ । स्थानीयले घुम्ती भेडीगोठमा सामूहिक रूपमा भेडा पाल्दै आएका थिए । पछिल्लो समय जनघनत्व बढेर चरन क्षेत्र घट्दा भेडापालन व्यवसाय सङ्कटमा परेको किसानले बताएका छन् ।
मादल बनाउने मेलो
धनकुटा नगरपालिका–१, हिलेका छविलाल सार्कीको घरमा अहिले जताततै मादल मात्रै देख्न पाइन्छ । घरको बाहिरी भाग होस् वा भित्री कोठा, कतै मादल झुन्डिएका छन् त कतै लडिरहेका छन् । कुनै बन्ने क्रममा छन् त कुनै बनिसकेका छन् । कुनै बनाउनका लागि कच्चा अवस्थामा छन् ।
कञ्चनजङ्घा आउने पर्यटकलाई अक्सिजन सिलिन्डरको व्यवस्था
ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ ।
घिउ र चीज बिक्री नहुँदा व्यवसायी चिन्तामा
चाडपर्वको समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु चिन्तामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढङ्गले नौनी घिउ र चीजको माग नै नआउँदा समस्या भएको बताएका छन् ।