कोकिला ढकाल
इलाम, कात्तिक १५ गते । अरिङ्गालले टोकेर इलाम नगरपालिका –१२ साङरुम्बामा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
घाँस काट्नेक्रममा अरिङ्गालले टोकेर घाइते भएका लिम्बूलाई उपचारका लागि झापाको बिर्ता सिटी अस्पतालमा लगिएको थियो । उपचारकै क्रममा लिम्बूको मृत्यु भएको जनाइएको छ ।