राधा लुइँटेल
फिदिम, कात्तिक १७ गते । नेकपा (एमाले) जिल्ला कमिटी पाँचथरमा कार्यबाहक अध्यक्षको जिम्वेवारी सचिव विष्णुप्रसाद सापकोटा (विमल) ले पाउनुभएको छ ।
जिल्ला अध्यक्ष राजकुमार भण्डारी गत असोज १३ गते सम्पन्न कोशी प्रदेश कमिटीको सचिवमा निर्वाचित भएपछि सापकोटाले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनुभएको हो ।
एमाले पाँचथरका अध्यक्ष भण्डारी सचिव तथा उपाध्यक्ष धनकुमार फियाकसहित जिल्ला कमिटीमा अध्यक्षका प्रत्याशी बहुसङ्ख्यक पदाधिकारी कोशी प्रदेश कार्यसमितिमा निर्वाचित हुनुभएको थियो ।
यसैवीच केन्द्रीय उपमहासचिव प्रदीप ज्ञवालीको उपस्थितिमा जिल्ला कमिटी पाँचथरको बिहीबार साँझ सम्पन्न एघारौं बैठकले सापकोटालाई कार्यवाहक अध्यक्षको जिम्वेवारी तोकेको जिल्ला सचिवालय सदस्य तुलसी थापाले बताउनुभयो ।
एमाले पाँचथरको नवौं जिल्ला अधिवेशन बैठकले पुस १५ र १६ गते जिल्ला अधिवेशन फिदिममा सम्पन्न गर्ने निर्णय भएको उहाँले बताउनुभयो । यसैबिच एमालेले पाँचथरबाट कोशी प्रदेश कमिटीमा निर्वाचित पदाधिकारी र सदस्यलाई पार्टी जिल्ला कमिटीको तर्फबाट बधाई तथा शुभकामना अर्पण गरिएको एमालेले जनाएको छ ।