तराईमा छठका गीत गुञ्जिन सुरु
तराईवासीका बस्ती र घर आँगनमा छठका गीतहरु गुञ्जिन सुरु भइसकेका छन् । बस्तीका घर आँगन समेत सजिसजाउ भएका छन् ।
भोजपुरमा आगलागी हुँदा २६ लाखको क्षति
भोजपुर नगरपालिका–८, बर बोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ । लक्ष्मीपूजा गरेको दिगोबाट आगो सल्केर घरमा एक्कासि आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरू जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिनुभयो ।
ओलाङ्चुङगोलामा मनाइयो फुटुक पर्व
ताप्लेजुङको सीमावर्ती गाउँ ओलाङ्चुङगोलाका वालुङ समुदायले मनाउने फुटुक पर्व आइतबार सम्पन्न भएको छ । फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र मनाइने फुटुक पर्व कात्तिक कृष्णपक्ष द्वितीयाको दिन सुरु भएर औँसी तिथि अर्थात् तिहारको लक्ष्मीपूजाको दिन सम्पन्न भएको हो ।
आगलागीमा ५० लाखभन्दा बढीको क्षति
गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिनुभयो । लक्ष्मी पूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पड्का जैनको घर पछाडि रहेको रुखको बोट नजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
महानगर प्रमुख चार दिने भ्रमणका लागि चीन प्रस्थान
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
भोटे कुकुरको प्रजननका लागि गाडी रिजर्भ गरेर चौंरीगोठ
भारत सिक्किमको गेजिङ निवासी मिलन गुरुङ आफुले पालेको छाउरी कुकुर लिएर पाँचथरको याङवरक गाउँपालिका –२ पानीभित्ताका सूर्यमान गुरुङको गोठ आइपग्नुभएको छ ।
जनप्रतिनिधि नै रोजगारी खोज्दै धमाधम विदेश
स्थानीय तहको निर्वाचनमा निर्वाचित खोटाङका जनप्रतिनिधिहरू रोजगारीका लागि विदेश जान थालेका छन् । गाउँठाउँको विकासका लागि निर्वाचित जनप्रतिनिधिहरू नै अन्ततः रोजगारीको लागि विदेश पलायन हुन थालेपछि स्थानीयहरू चिन्ता व्यक्त गरेका छन् ।
एक अर्ब रुपियाँ ठगेर सुनचाँदी व्यवसायी फरार
लामो समयदेखि झापा सुरुङ्गामा सुनचाँदीको व्यवसाय गर्दैआएका नवराज बिमली हेमुले करिब एक अर्बभन्दा बढी रकम ठगी गरेर वेपत्ता भएका छन् ।
प्रथम मेयरकपको उपाधि झापा गाउँपालिकालाई
झापाको कनकाई नगरपालिका–५ चप्रामारीमा आयोजित प्रथम मेयरकप जिल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।
२५ लाखभन्दा कमका विकास योजना माग नगर्नु : मुख्यमन्त्री कार्की
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सांसदसँग २५ लाख भन्दा कमका विकास योजना माग नगर्न आग्रह गर्नुभएको छ।
कोशी प्रदेशमा दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घट्यो
डेरी उद्योगले फ्याटयुक्त भएको दूधको मूल्य प्रतिलिटर १० रुपियाँ घटाउने निर्णय गरेका हुन्।उत्पादन अनुसार बजार नपाएपछि दूध तथा दूधबाट बनेका सबै वस्तुको मूल्य घटाउने निर्णय गरेका हुन्।
टिपताला नाका सञ्चालनको प्रतिक्षामा स्थानीय
ताप्लेजुङवासी यतिबेला टिपताला नाका सञ्चालनको प्रतिक्षामा रहेका छन् । कोरोना भाइस (कोभिड–१९) महामारीपछि बन्द रहेको नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतसँगको टिपताला नाका सञ्चालनको प्रतिक्षामा जिल्लाबासी छन् ।
शनिबारे हाटमा फूलको बढ्यो कारोबार (फोटो फिचर)
ताप्लेजुङमा यस वर्षको तिहारमा फूलको मूल्य महँगिएको छ । सदरमुकाम फुङ्लिङस्थित तोक्मेडाँडामा लाग्ने शानिबारे हाटमा विगतका वर्षभन्दा यो वर्ष महँगाे मूल्यमा फूलको कारोबार भएको हो ।
रुखले चेपिएर युवकको मृत्यु
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा गोलिया काट्ने क्रममा रुखले चेपिएर एक युवकको मृत्यु भएको । प्रहरीका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेका ३१ वर्षीय सुमन लिम्बूको मृत्यु भएको हो ।
पर्यटकको रोजाइमा ‘मुन्धुम ट्रेल’
पूर्वी पहाडी जिल्ला भोजपुर र खोटाङको सिमानामा अवस्थित मुन्धुम ट्रेल अर्थात् मुन्धुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । यात्राका क्रममा सबै उमेर समूहका लागि सहज रुट करिब ३१ सय मिटरको उचाइमा रहेको टेम्के डाँडाबाट देखिने मनोरम हिमालय दृश्य अवलोकन, पदमार्गमा निर्माण भएका संरचनाहरू, मुन्धुम संस्कारमा आधारित संरचना, किराँती संस्कार संस्कृतिका बारेमा अध्ययन अवलोकन, रैथाने ज्ञानको खुला विश्वविद्यालयका रूपमा अवस्थित, स्थानीय बालीनाली, वन्यजन्तु, हरियाली तथा मनोरम दृश्य, स्थानीय वनस्पति, जैविक विविधता, पशुपन्छीका बारेमा अध्ययन अवलोकन तथा नयाँ पदमार्गका रूपमा विकसित पदमार्गको विशेषताले भरिपूर्ण उक्त क्षेत्रमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।
शैक्षिक भ्रमणको बस दुर्घटना,१६ जना घाइते
धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ ।नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो ।
झापाका कैदीबन्दीद्वारा भूकम्पपीडितलाई सहयोग
झापा जिल्ला कारागारका कैदीबन्दीले जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको सहयोगार्थ आधा दिनको सिदा रकम प्रदान गरेका छन् । कैदीबन्दीका तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा आज ५८ हजार ६ सय ८५ जम्मा गरिएको कारागार प्रमुख मोहन पनेरुले बताउनुभयो ।
नापी कार्यालयका सर्वेक्षकसहित तीन जनाविरुद्ध एक लाख २५ हजारको भ्रष्टाचार मुद्दा
नापी कार्यालय, भद्रपुर, झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध एक लाख २५ हजार रुपियाँ भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
घरमा आगलागी हुँदा वृद्धाको जलेर मृत्यु
झापाको अर्जुनधारा नगरपािलका– १० मा भएको आगलागीमा परेर एक वृद्धाको मृत्यु भएको छ ।
फलाटे र लालटेमा विद्युत पहुँच
हतुवागढी गाउँपालिकाको फलाटे र लालटे क्षेत्रमा विद्युत सुविधा पुगेको छ । नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले हतुवागढी गाउँपालिका–१ को ती दुई क्षेत्रमा विद्युतीकरण गरेपछि स्थानीय औधी रमाएका हुन् ।
सवारी दुर्घटनामा एकको मृत्यु
झापाको बिर्तामोड नगरपालिका– २ स्थित चारपाने चोकमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पाक्न लागेको धान ढुसीले नष्ट
भोजपुर नगरपालिका–५ स्थित बोखिमका किसानको पाक्न लागेको धानमा ढुसीको माध्यमद्वारा लाग्ने मरुवा रोग (ब्लास्ट) का कारण धान नष्ट भएको छ ।
भ्रष्टाचार मुद्दामा विराटनगरका पूर्व उपप्रमुख कार्कीसहित सबैलाई सफाइ
विराटनगर महानगरपालिकाका पूर्व उपप्रमुख इन्दिरा कार्कीसहित सबै नौ जनाले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको छ ।
सुर्तीजन्य पदार्थ निषेध
विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्रका कुनै पनि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिव्रmीवितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन २०८० जारी गरेको छ ।