विष्णुप्रसाद पोखरेल
दमक, कात्तिक २४ गते । झापाको बिर्तामोड नगरपालिका– २ स्थित चारपाने चोकमा शुक्रबार बिहान सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ज ३७६० नम्बरको कारले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । पैदल यात्री सोही वाडका ५५ वर्षीय गङ्गाप्रसाद राजवंशीको कारको ठक्करबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।
ठक्कर दिने सवारीसहित चालकलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।