भोजपुर, कात्तिक २७ गते । भोजपुर नगरपालिका–८, बर बोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ । लक्ष्मीपूजा गरेको दियाेबाट आगो सल्केर घरमा एक्कासि आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपातलगायत सामग्रीहरू जल्दा सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिनुभयो ।
उहाँका अनुसार विष्टले घरमा लक्ष्मीपूजा गरेर सबै परिवार छिमेकीकोमा गएको बेला घरमा एक्कासि आगलागी भएको थियो । भोजपुर नगरपालिकाको दमकल,नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोग डेढ घण्टापछि आगो नियन्त्रण भएको वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लिम्बूले जानकारी दिनभयो ।