शशिधर पराजुली
विराटनगर, कात्तिक २६ गते । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला चीन भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
कात्तिक २६ देखि ३० गतेसम्म चीनको लीयू सहरमा हुने युनाइटेड सिटिनन् एण्ड लोकल गवर्नमेन्ट्स एसिया प्यासिफिक (युसीएलजी) को सम्मेलनमा सहभागी हुन मेयर कोइराला शनिबार राति चीन प्रस्थान गर्नुभएको हो ।
लीयू सहरमा हुने युसीएलजीको कङ्ग्रेसका मेयर कोइरालाले स्थानीय सरकार सञ्चालनको समस्या, चुनौती, अवसरलगायतका विषयमा केन्द्रित रहेर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
मेयर कोइराला तीन साता लामो अमेरिका भ्रमणगरी फर्केको दुई साताभित्रै छिमेकी मुलुक चीन भ्रमणमा जानुभएको हो ।