चुलाचुली गाउँपालिका कालाेपत्रे सडक सञ्जालले जोडिँदै
पूर्व पश्चिम लोकमार्गको करिब पाँच सय मिटरमाथि रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा पूर्वाधार विकासले फड्को मार्न सुरु गरेको छ ।
दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ ।
हतुवागढीद्वारा ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ कार्यान्वयनमा
शैक्षिक सुधारका लागि भोजपुरको दक्षिणी क्षेत्रमा रहेको हतुवगढी गाउँपालिकाले ‘शैक्षिक गुणस्तर सुधार पाश्र्वचित्र’ निर्माण गरेको छ । खस्किँदो शैक्षिक गुणस्तरमा सुधार ल्याउन गाउँपालिकाले बृहत् योजनासहितको पाश्र्वचित्र निर्माण गरेको हो ।
चार जिल्लाका यात्रुलाई सास्ती
मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिने गरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका–६, रत्नावतीस्थित सोखु खोलामा ब
इटहरीमा तीन पाङ्ग्रे इ–रिक्सा चलाउन निषेध
सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा तीनपाङ्ग्रे इ–रिक्सा चलाउन नदिने भएको छ ।
भ्रष्टाचारीलाई कांग्रेसमा ठाउँ छैन : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारका कारण नै जनतामा निराशा छाइरहेको बताउनुभएको छ। एकले अर्काको काण्ड देखाउने भन्दै तर्साउने कार्यले जनता आजित भएको जनाउँदै उहाँले यस्तो बताउनुभएको हो।
बेपत्ता श्रेष्ठको दुई दिनपछि शव फेला
झापाको शिवसताक्षी नगरपालिकास्थित कनकाई खोलामा माछा मार्ने क्रममा खोलाले बगाउँदा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको प्रहरीले जनाएको छ ।
वार्षिक ३० हजार मेट्रिक टन विषादीको प्रयोग
खाद्यान्न र तरकारी बाली उत्पादनका लागि उर्वरभूमि मानिने सुनसरी जिल्लामा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ लगायतका अन्न बालीमा विषादीको प्रयोग बढी हुनेगरेको छ ।
झापामा डेंगुको सङ्क्रमणदर बढ्दो
झापामा केही समयता डेंगुको सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको बताइएको छ । साउन महिनायता झापामा डेंगुका कारणले चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
गुन्द्री बनाएर जीविकोपार्जन
कोशी गाउँपालिका–३, सरदार बस्तीका कमली सरदारले कोशीटप्पु सिमसारको पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । आधुनिक बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याट
धनकुटामा मनाइयो रोपाइँ जात्रा
गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा धनकुटामा धुमधानसँग मनाइएको छ । असार र साउनको रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृत्रिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटाका नगर अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।
हिंसापीडित महिलालाई नगरले सहयोग गर्ने
सुनसरीको रामधुनी नगरपालिका –८ स्थित पौडेल चौकमा भदौ १२ गते ३५ वर्षीया केशीदेवी यादवमाथि सार्वजनिक बाटोमा निर्घात कुटपिट गरी घाइते भएकाले पीडितलाई नगरपालिकाले सहयोग गर्नेभएको छ ।
बाह्र वर्षसम्म बनेन पुल, यात्रुलाई खोला तर्न सास्ती
मध्यपहाडी राजमार्गको खुर्कोट–घुर्मी सडकखण्डमा पर्ने सोखु खोलाले हरेक वर्ष चार जिल्लाका यात्रुलाई सास्ती दिनेगरेको छ । सिन्धुलीको फिक्कल गाउँपालिका –६, रत्नावतीस्थित सोखु खोलामा वर्षामा आउने बाढीले खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र भोजपुरबाट काठमाडौं आवत–जावत गर्ने यात्रुले सास्ती खेप्नुपरेको हो ।
धनकुटाका १७ वटा सहकारी खारेज
धनकुटा नगरपालिकाले सहकारीको प्रक्रिया पूरा नगरेका १७ सहकारी खारेज गरेको छ ।
उदयपुरमा १५ हजार पशुलाई खोप
जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो ।
कोशी प्रदेश सरकारविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज (शुक्रवार) अन्तिम सुनुवाइ गर्दै छ । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।
सन्दकपुरमा व्यावसायिकरुपमा चौँरीपालन
चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।
ताप्लेजुङ गोल्डकपमा इटहरीको विजयी सुरुवात
बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा पाहुना टोली इटहरीले विजयी सुरुवात गरेको छ । स्थानीय माना भरा स्पोर्टिङ क्लबलाई ट्राई बेकरमा ५–४ गोलले पराजित गर्दै जुट विकास फुटबल एकेडेमी सुनसरी, इटहरीले विजयी सुरुवात गरेको हो ।
भोजपुर केन्द्रविन्दु भएर भूकम्प
भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
धनकुटामा २२ परिवारको गाईजात्रा
धनकुटामा यो बर्ष २२ परिवारले गाइजात्रा निकालेका छन् । यो बर्ष मृत्यु भएका ब्यक्तिको परिवारले गाइजात्रा निकालेका हुन् । जात्रामा सहभागी हुन तथा हेर्न धनकुटा बजारमा हजारौं सहभागी भएका छन् ।
दुई अर्ब ९३ करोडको तरकारी तथा फलफूल निकासी
धनकुटा जिल्लाबाट बितेको आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३६ लाख ८४ हजार रुपियाँको तरकारी तथा फलफूल जिल्ला बाहिर निकासी भएको छ ।
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
झापामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । बिहीबार बिहान झापाको बाह्रदशी गाउँपालिका –५ स्थित घोडामारामा मोटरसाइकल दुर्घटनामा परेर २२ वर्षीय युवा सनम हेमरमको मृत्यु भएको छ ।
दुई लाख बढीले गरे पाथीभराको दर्शन
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दुई लाख बढी भक्तजनले दर्शन गरेका छन् । एक वर्षको अवधि अर्थात् गएको आर्थिक वर्ष २०७९-८० मा उक्त सङ्ख्याले पाथीभराको दर्शन गरेका हुन् ।
कर्मचारीबाटै स्वास्थ्य बिमा रकम हिनामिना
इलाममा स्वास्थ्य बिमा गरेका बिमित स्वास्थ्य बिमा कार्यक्रमका दर्ता सहयोगीबाट ठगिएको खुलेको छ । इलामको सूर्योदय नगरपालिका–११ का स्थानीयको भदौ १ गतेबाट लागु हुनेगरी बुझाएको बिमा रकम सो वडामा कार्यरत दर्ता सहयोगी धनमाया आलेले गायब बनाएपछि बिमित ठगिएको खुलेको हो ।