• १४ मंसिर २०८१, शुक्रबार

श्रमदानबाट पार्क निर्माण

blog

पार्कमा निर्माण भएको आरा धरान । तस्बिरः निशा राई

निशा राई 

धरान, मंसिर ३ गते। धरान उपमहानगरपालिकाको वडा २० मा रहेको सर्दुखर्दु खोलाको छेउमा श्रमदान र सहयोगमा पार्कमा निर्माण भएसँगै आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ। 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज राई नगर प्रमुखमा विजयी हुनुभएपश्चात् धरानमा श्रमदानको सुरुवात भएसँगै धरान २० मा रहेको सर्दखर्दु खोलामा श्रमदान र सहयोगमा पार्क निर्माण गरेपछि आन्तरिक पर्यटक नगर प्रमुख हर्कराज राईले श्रमदान र सहयोगमार्फत बनाएको पार्क हेर्न नेपालभरदेखि पर्यटक आउने गरेको छ। 

केही समय अगाडिसम्म खहरे खोलामा मात्र सीमित रहेको सर्दखर्दु खोलामा हाल ५ वटा पार्कहरू निर्माण भएका छन्। जसले गर्दा टाढा–टाढाबाट पनि पर्यटक आउने गरेकोले हाल खहरे खोला पर्यटकमय भएको छ। खहरे खोला छेउमा श्रम संस्कृति पार्क, आरा पार्क, बिपी पार्क, रक गार्डेन, एस एन एस पार्क र यहाँ ओसोको ध्यान गर्ने स्थल भएकोले कतिपयले यसलाई ओसो पार्क नामले पनि चिन्दछन्।

श्रम संस्कृति पार्कमा नेपालमा रहेका हिमालहरूको नाम लेखेर छुट्टाछुट्टै स्थानमा वृक्षारोपण गरेर बाँसको टावरसमेत बनाएर पर्यटकलाई तानेको छ। आरा पार्कमा धरानको नाम झल्काउने आरा काट्दै गरेको २ जना मानिसहरूको प्रतिमा रहेको छ। आरा धरान कलाकार रोजन राईद्वारा निर्माण गरी गत साउन महिनामा नगर प्रमुख हर्कराज राईले अनावरण गर्नुभएको थियो। 

धरानको प्रतिमाले धरान सहरको नाम धरान कसरी रहन गयो भनेर बुझाउने उद्देश्यले श्रम संस्कृति पार्कमा आरा धरानको प्रतिमा राखिएको नगर प्रमुख हर्कराज राईले बताउनुभयो। उहाँले धरानको घना जङ्गलको ठुल्ठुला रूख भएका ठाउँमा काठ काट्न धरान तयार गर्ने संगै यी धरानकै कारण सहरको नाम धरान रहन गएको बताउनुभयो।

स्वतन्त्र नागरिक समाजद्वारा एसएनएस पार्क निर्माण गरी गत कात्तिक महिना २६ गते उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। सचेत धराने समूहले विभिन्न क्षेत्रबाट आएको सहयोगले रक गार्डेन  निर्माण गरेको छ। जसमा विभिन्न प्रजातिका फूलहरू, फलामको चौतारा, ढुङ्गामा कुँदेको सर्प, महिलाको हातमा रहेको चरा आदिको प्रतिमा रहेको छ। यसले रक गार्डेन निकै आकर्षक रहेको जनाउँदै सो ठाउँ आन्तरिक पर्यटकका लागि उपयुक्त गन्तव्य रहेको नगर प्रमुख हर्कराज राईले बताउनुभयो।


प्रमुख राईले आफ्नो कार्यकालको अवधिमा १ करोड बिरुवा रोप्ने लक्ष्यका साथ धरान वरपरका जलाधार क्षेत्रलाईलाई संरक्षण गर्ने अभियान गर्ने बताउनुभएको छ। 

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार हर्कराज राई नगर प्रमुखमा विजय भए पश्चात् धरानमा श्रमदानको सुरुवात गर्नुभएको थियो। अहिले श्रमदानबाट नै निर्माण भएको पार्कहरू आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्न थालेको हो।