• १४ मंसिर २०८१, शुक्रबार

कम तौल भएको सुविधा ग्यासले तिर्‍याे दुई लाख जरिवाना

blog

नगरपालिकाले गरेको जरिवानाको रसिद ।

जयकृष्ण यादव 

इनरुवा, मंसिर ५ गते । सुनसरीको इनरुवा नगरपालिकाले मारुती ग्यास उद्योग (सुविधा ग्यास)लाई दुई लाख रुपियाँ जरिवाना तिराएको छ । 

मारुती ग्यास उद्योग प्रा.लि. दुहवी ८ ले उत्पादन गरेको सुविधा ग्यास तौलमा कम भएको अनुगमनको क्रममा पाइएकाले कारबाही गरिएको इनरुवा नगरपालिकाले जनाएको छ । 

इनरुवा नगरपालिकाका उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले असोज २५ गते इनरुवा बजारमा गरेको अनुगमनका क्रममा सुविधा ग्यासको ८० प्रतिशत सिलिन्डरमा कम तौल फेला परेकाले कारबाही गरेको थियो । 

ग्यास कम्पनीले कारबाही अनुसारको जरिवाना बुझाएको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले जानकारी दिनुभयो ।