भूकम्प बाहनामा पर्यटन आतङ्क मच्चाउने काम भयो : नेता पोखरेल
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाजरकोट र रुकुमपश्चिममा गएको भुकम्पपछि पर्यटन आतंक खडा गरिएको बताउनुभएको छ ।
गज्जबको आनन्द पाइने टिपताला यात्रा ! (फोटो फिचर)
ताप्लेजुङको हिमाली गाउँ फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलासँग सिमाना जोडिएको टिपताला भञ्ज्याङसम्मको यात्रा गर्दा गज्जबको आनन्द पाइने छ ।
सालोद्वारा भिनाजुको हत्या
झापाको बुद्धशान्तिमा बुधवार राति आफ्नै सालोले हतियार प्रहार गरी भिनाजुको हत्या गरेका छन् ।
नायब सुब्बासहित दुई जनाविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा
भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
नाथमको विज्ञ टोलीद्वारा रैथाने खानाको अनुसन्धान
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को विज्ञ टोलीले झापाका तीन वटा जातिको रैथाने खानाको अध्ययन गरेको छ । पर्यटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको प्रतिष्ठानबाट रैथाने खानाको अध्ययनका लागि पर्यटन विज्ञ डा.आलोक प्रसाईँको नेतृत्वमा चार सदस्यीय टोली झापा आएको हो ।
एघार महिनापछि संसदीय समिति
कोशी प्रदेश सभा गठन भएको ११ महिनापछि संसदीय समिति चयन भएको छ । बुधबार बसेको प्रदेश सभा बैठकले सात वटा विषयगत समितिमा सदस्यहरू चयन गरेको हो । सभामुखको हैसियतमा उपसभामुख सिर्जना दनुवारले सातवटै संसदीय समिति गठन गरिएको जानकारी बैठकमा गराउनुभएको थियो ।
पर्यटकीय गन्तव्य बन्दै सिद्धिडाँडा
ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजारनजिक रहेको सिद्धिडाँडा नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला
घरमा आगलागी हुँदा १५ महिने बालक बेपत्ता
तीन वर्षीय बालकले खेलाएको लाइटरबाट घरमा आगलागी भएको छ ।
अग्निपीडित परिवारलाई वडाको सहयोग
ताप्लेजुङको फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका एक अग्निपीडित परिवारलाई वडा कार्यालयले सहयोग गरेको छ । फुरुम्बु लामाथान टोलका अग्निपीडित यामकुमार शिवाको परिवारलाई वडा कार्यालयले सहयोग गरेको हो ।
प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य
कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त हुनुभएको छ । बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले बुद्धिजीवी पुरञ्जन आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । लगत्तै उहाँलाई मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
इलाममा पहिलो पटक गैरआवासीय नागरिकता
इलाममा पहिलो पटक गैरआवासीयलाई नागरिकता प्रदान गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ पहिलो संशोधन र नेपाल नागरिकता नियमावली २०६३ तेस्रो संशोधनअनुसार हाल अमेरिकामा रहेका बिजेन्द्र गुरुङलाई गैर आवासीय नेपाली नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।
दाउराको विकल्पमा 'गोबर'
ताप्लेजुङको हिमाली बस्ती ओलाङ्चुङगोलाका बासिन्दाले गोबर सुकाएर दाउराको जोहो गर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै ओलाङ्चुङगोलाका बासिन्दाले याक र चौँरीको गोबर सङ्कलन गरेर दाउराको जोहो गर्न थालेका हुन् ।
तमोरमा काठको पुल निर्माण
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाभित्र सबै गाउँ–गाउँसम्म यातायात सेवा दिने उद्देश्यले तमोर नदीमा काठको पुल निर्माण गरिएको छ । पक्की पुल निर्माण गर्न बजेट अभाव भएपछि गाउँपालिकाले काठको पुल निर्माण गरेको हो ।
रानी–धरान सडक हस्तान्तरणको तयारी
कोशी राजमार्ग अन्तर्गत रानी–धरान सडकखण्ड निर्माण करिब अन्तिम चरणमा पुगेको छ । त्रिदेशीय लाइफलाइन (चीन–नेपाल–भारत) जोड्ने सडक आर्थिक वर्ष २०६९/७० देखि सुरु भएको थियो ।
सहिद स्मृति कप फुटबल प्रतियोगिता सुरु
बाह्रौ संस्करणको सहिद स्मृति कप फुटबल प्रतियोगिता धनकुटामा सुरु भएको छ । मितेरी युवा क्लबको आयोजनामा धनकुटाको सहिदभुमी गाँउपालिका –१, सफाइटारमा प्रतियोगिता सुरु भएको हो ।
जाँतो, सिलौटो र ओखलका लागि भारतीय कारिगढकै भर
धनकुटा नगरपालिका–७ बसपार्कमा श्रीमती र तीन छोराछोरीसहित भारतको भण्टाबारीका मुन्ना शर्मा ढुङ्गाबाट जातो, ओख्खल, लोहोरो र सिलौटो कुदेर बिक्री गरिरहनु भएको छ ।
तिहार नजिकिएसँगै किसान धान काट्नमा व्यस्त
दसैँ मनाएलगत्तै तिहार नजिकिन थालेपछि ताप्लेजुङका किसान धान काट्नमा व्यस्त भएका छन् । गत असार र साउन महिनामा लगाएको धानबाली थन्क्याउने बेला भएसँगै किसानहरू धान काट्न व्यस्त भएका हुन् ।
बजारभन्दा महँगो सरकारी आलुको बीउ
बजारमा पाइनेभन्दा महङ्गो भएपछि सरकारले उत्पादन गरेको आलुको बीउ लक्ष्यअनुसार बिक्री हुन सकेको छैन । बजारमा प्रतिकिलो ४० देखि ५० रुपियाँमा खरिदबिक्री भइरहेको आलुको बीउको मुल्य सरकारलेचाहिँ प्रतिकिलो ८० रुपियाँ तोकेको छ ।
किसानलाई अलैँची भित्र्याउन चटारो
ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ । दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो ।
विद्यार्थी पर्खंदै करोडौँका संरचना
देशकै अन्न भण्डारको पर्यायका रूपमा चिनिएको कोशी प्रदेशका झापा, मोरङ, सुनसरीलगायतका जिल्लामा दक्ष कृषि प्राविधिकको अभाव छ । दक्ष जनशक्तिको अभावमा परम्परागत कृषि आधुनिकतातर्फ उन्मुख हुन सकेको छैन ।
केशलीया तटबन्धसँगै सौन्दर्यीकरणका लागि पहल लिइने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विराटनगरस्थित केशलीया नदीको तटबन्धसँगै सौन्दर्यीकरणका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने बताउनुभएको छ ।
सुनसरीमा फैलियो पीपीआर : १५ दिनमा ३९ बाख्रा मरे, ४५ सय जोखिममा
बाख्रामा लाग्ने महामारी पिपिआर रोग सुनसरी जिल्लामा फेला परेको छ । वराहक्षेत्र १ चतरामा बाख्रामा केही दिनअघि मात्रै देखिएको पीपीआर रोगका कारण भटाभट बाख्रा मर्न थालेका छन् ।
आइसियु सञ्चालन नहुँदा बिरामी मर्कामा
पाँचथर जिल्ला अस्पतालमा निर्माण भएको सघन उपचार कक्ष (आइसियु) सञ्चालन हुन नसक्दा बिरामी मर्कामा परेका छन् ।
कोशीमा एमालेले विपक्षमा बसेर समर्थन गर्ने
सहमति विपरीत गठबन्धनलाई सरकारमा समावेश गरेको भन्दै सरकारबाट बाहिरिएको नेकपा (एमाले) ले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायम राख्दै प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय गरेको छ ।