• १४ मंसिर २०८१, शुक्रबार

भूकम्प बाहनामा पर्यटन आतङ्क मच्चाउने काम भयो : नेता पोखरेल

blog

पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष पोखरेल । तस्विर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, कात्तिक २३ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जाजरकोट र रुकुमपश्चिममा गएको भुकम्पपछि पर्यटन आतंक खडा गरिएको बताउनुभएको छ । 

प्रेस चौतारी नेपाल धनकुटाले आयोजना गरेको पत्रकार सम्मेलनमा आज वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । भूकम्प प्रभावित क्षेत्रमा धेरै नेताहरुको आवागमन भएकाले एकखाले आतंक भएको उहाँकाृ भनाइ छ ।

सो क्षेत्रमा कामभन्दा पनि घुम्ने काम बढी भएको उहाँले टिप्पणी गर्नुभयो । एमालेले भूकम्प प्रभाबित क्षेत्रमा एक हजार स्वयमसेवक पठाउने तयारी गरेको उहाँले बताउनुभयो । उहाँले राजनीतिक पूर्वाग्रहमा सरकारले राहत वितरण गरेको गुनासो आएकाले सच्याउन अनुरोध पनि गर्नुभयो ।

पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका नेता पोखरेलले जनतालाई दिने सेवा सुविधा कमजोर भएकाले सरकारको ध्यानाकर्षण गराउनुभयो । अहिले पुनः राजावादि शक्तिहरु मौलाउयन खोजेकाले राष्ट्रिय शक्ति निर्माण गर्न र पहाडको बसाइसराइ रोक्न एमालेले मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्न लागेको बताउनुभयो । वरिष्ठ उपाध्यक्ष पोखरेल एमाले धनकुटाको प्रथम प्रतिनिधी परिषद बैठकका लागि धनकुटा आउनुभएको हो ।