• १४ मंसिर २०८१, शुक्रबार

प्रदेश योजना आयोगको उपाध्यक्षमा आचार्य

blog

शशिधर पराजुली

विराटनगर, कात्तिक २२ गते । कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा पुरञ्जन आचार्य नियुक्त हुनुभएको छ । बुधबार अपरान्ह बसेको मन्त्रिपरिषद्को बैठकले बुद्धिजीवी पुरञ्जन आचार्यलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । लगत्तै उहाँलाई मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।  

विराटनगर ८ का आचार्य राजनीतिक विश्लेषकको रुपमा परिचित हुनुहुन्छ । विराटनगर घर भएर पनि काठमाडौंमा रहेर राष्ट्रिय राजनीतिमा उहाँले भूमिका निर्वाह गर्दै आउनुभएको छ । 

आचार्यले यसअघि नेपाल रेडक्रस सोसाइटीको प्रोजेक्ट मेनेजर र प्लान इन्टरनेशनलको टिम लिडरको रुपमासमेत काम गरिसक्नुभएको छ ।