शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, मङ्सिर २९ गते । नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा उम्मेद्वारहरुले फारम लैजाने क्रम जारी छ । फारम विभिन्न तीन ठाउँबाट वितरण भइरहेको छ । निर्वाचन आयोगका एक सदस्यले दिएको जानकारी अनुसार हालसम्म करिब एक हजार जनाले उम्मेद्वारी फारम लगेका छन् ।
महाधिवेशन स्थलमा अध्यक्ष केपी शर्मा ओली आइपुग्नुभएको छैन । विभिन्न प्रदेशका प्रतिनिधिहरु आफ्नो प्रदेशबाट पठाउने केन्द्रीय सदस्यका बारेमा छलफल गरिरहेका छन । प्रदेशका प्रतिनिधिहरु छलफल गरेर सर्वसहमत नाम पठाउने तयारी गरिरहेका छन् । तर अधिकांश प्रतिनिधि उम्मेद्वार बन्न इच्छुक रहेकाले समस्या भएको बताएका छन् ।
मधेश, कर्णाली, सुदूरपश्चिम उपत्यका विशेष लगायतका प्रतिनिधिहरु छलफलमा व्यस्त छन् । उम्मेद्वारी दर्ताका लागि निर्वाचन आयोगले १०ः३० देखि १ः३० बजेसम्म समय दिएको छ ।