• १४ मंसिर २०८१, शुक्रबार

इलाममा पहिलो पटक गैरआवासीय नागरिकता

blog

बिजेन्द्र गुरुङलाई गैर आवासीय नेपाली नागरिकता प्रदान गर्दै इलामका प्रमुख जिल्ला अधिकारी । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, कात्तिक २२ गते । इलाममा पहिलो पटक गैरआवासीयलाई नागरिकता प्रदान गरिएको छ । नेपाल नागरिकता ऐन, २०६३ पहिलो संशोधन र नेपाल नागरिकता नियमावली २०६३ तेस्रो संशोधनअनुसार हाल अमेरिकामा रहेका बिजेन्द्र गुरुङलाई गैर आवासीय नेपाली नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । 

गुरुङको तत्कालीन  इलाम नगरपालिका–६ स्थायी ठेगाना रहेको जनाइएको छ । गुरुङलाई इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गैर आवासीय नेपाली नागरिकता प्रदान गर्नुभएको हो ।