• ११ मंसिर २०८१, मङ्गलबार

नायब सुब्बासहित दुई जनाविरुद्ध डेढ लाखको भ्रष्टाचार मुद्दा

blog

काठमाडौं, कात्तिक २३ गते । भूमिसुधार तथा मालपोत कार्यालय, इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र खरिदार रमेश अधिकारीविरुद्ध एक लाख ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालका अनुसार घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनीहरुविरुद्ध भ्रष्टाचार नियन्त्रण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) (घ) बमोजिम कैद र बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।