रामपुरमा पौराणिक लोकसंस्कृति ‘बालन’ संरक्षण गर्न युवा पिँढीलाई आग्रह
ओखलढुङ्गा रामपुर निवासी अठहत्तर वर्षीय गणेश काफ्ले पुर्खाले जारी राखेको पौराणिक लोकसंस्कृति ‘बालन’ मासिने हो कि भनेर चिन्तित हुनुहुन्छ । समवयी उद्धव दाहाल ‘कटहरे माइला’ पनि लोकसंस्कार संरक्षण र प्रवद्र्धनप्रति युवा पुस्ताको वितृष्णा देखेर उत्तिकै चिन्तित हुनुहुन्छ ।
माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु
माटोको ढिस्कोले पुरेर मोरङमा एक जनाको मृत्यु भएको छ । घर पोत्ने माटो खन्नेक्रममा ढिस्को खसेर पुरिएर मोरङको बेलबारी नगरपालिका–१० का सुनिता राजवंशी आइतबार साँझ गम्भीर घाइते हुनुभएको थियो ।
पच्चिस हजार भक्तजनले गरे पाथीभरा दर्शन
दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
भोजपुरको प्रसिद्ध धार्मिकस्थल टेम्केसिद्ध मन्दिर ओझेलमा
भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो ।
महासचिव गुटेरेस सगरमाथा क्षेत्र जानुहुँदै
नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ ।
सहकारीका उपाध्यक्षसहित पाँचजना पक्राउ
बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
आम्दानीको राम्रो स्रोत बन्दै किवी खेती
ताप्लेजुङमा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् ।
मुआब्जा निर्धारणमै अल्झियो राष्ट्रिय गौरवको आयोजना
६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना मुआब्जा निर्धारण नहुँदा अन्योलमा परेको छ । लामो समयसम्म पटक–पटक मुआब्जाका लागि छलफल भए पनि अहिलेसम्म निर्धारण हुन सकेको छैन ।
पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले पर्यटकका लागि पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरेको छ ।
अरुण तेस्रोको काम ५८ दिनदेखि अवरुद्ध
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना प्रवेश मार्गको मुआब्जा नपाएपछि पीडितहरु गत भदौ १६ गतेदेखि आन्दोलनमा छन् ।
सहकारीद्वारा दसैँमा ६९ लाखभन्दा बढीको खसीबोका बिक्री
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले दसैँमा रु. ६९ लाख ६० हजार मूल्यको खसीबोका बिक्री गरेको छ । संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो ।
जुम्लाको स्याउ झापामा बिक्री
संस्थाबाट कृषि कर्जा लिएर व्यावसायिक बाख्रापालन गरेका झापा र इलाम जिल्लाका किसानबाट ती खसीबोका नगदै किनेर उपभोक्तालाई बिक्री गरेको संस्थाका निर्देशक लक्ष्मण खतिवडाले बताउनुभयो । किसानबाट किनिएका खसीबोकाको स्वास्थ्य परीक्षण गरेर मात्र बजारमा बिक्रीका लागि पठाइने गरेको उहाँको भनाइ छ ।
उदयपुरमा आठ वटा पुल अलपत्र
हिमाली क्षेत्रका जिल्लालाई उदयपुरसँग जोड्ने गरी सुनकोशी नदीमा एक दशकअघि निर्माण सुरु गरिएका विभिन्न आठ वटा ठुला पक्की पुल निर्माणको काम अलपत्र परेको छ । पहाडी जिल्लाहरूलाई तराईसँग जोड्न सुनकोशी नदीमा निर्माण गर्न थालिएका आधा दर्जन पुलको काम बिचैमा अलपत्र हुँदा चार जिल्लाका बासिन्दाले कोशी नदी वारपार गर्न निकै ठुलो सास्ती खेप्दै आएका छन् । आमनिर्वाचनका व्रmममा मत बटुल्ने अस्त्र बन्ने गरेको कोशीमा निर्माणाधीन पुलहरू दलका नेताहरूको शिलान्यास गर्ने होडले उदयपुर र उदयपुरसँग सीमा जोडिएका पहाडी जिल्ला भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका बासिन्दाले सास्ती खेप्नु परेको हो ।
दसैँ अवधिमै पच्चीस हजार भक्तजनले गरे पाथीभराको दर्शन
दसैँको अवधिमा साढे पच्चीस हजार बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्ममा उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
कञ्चनजङ्घाको काखमा चौँरी रमाउँदा
दसैँ तिहारको समयमा ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । मौसम खुलेको समय र दसैँ तिहारको लामो बिदाका समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि पहिलो रोजाइमा कञ्चनजङ्घा क्षेत्र पर्न गएको हो ।
नयाँ पर्यटकीय गन्तव्य बन्दै सिद्धिडाँडा (फोटो फिचर)
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा र प्रसिद्ध तीर्थस्थल पाथीभराको जिल्ला भनेर ताप्लेजुङलाई चिनिन्छ । ताप्लेजुङका उक्त दुई मुख्य पर्यटकीय तथा धार्मिक गन्तव्य हुन् भने अन्य थुप्रै पर्यटकीय गन्तव्यहरु रहेका छन् ।
पर्यटन प्रवर्द्धन गर्न मेची–महाकाली साइकलयात्रा
पर्यटन प्रवर्द्धनको उद्देश्य लिएर मकवानपुरका १३ जना साइकलयात्रीले आज बिहान पूर्वी नेपालको काँकडभिट्टाबाट मेची–महाकाली यात्रा सुरु गरेका छन् ।
पालिकाका सबै सडक कालोपत्रे
पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको कोशी गाउँपालिकाका सबै वडा कालोपत्रे सडक सञ्जालसँग जोडिएको छ । सडक कालोपत्रे भएसँगै कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको छ । वडाका सबै मूल बाटाहरू कालोपत्रे गर्ने काम सकिएको छ । पालिकाका सबै वडाका सडक कालोपत्रे भएपछि कोशी गाउँपालिका धुलोमुक्त पालिका बनेको हो । महेन्द्र राजमार्गसँग लौकहीदेखि कोशी ब्यारेज क्षेत्रमा जोडिएको गाउँपालिकाको आठवटै वडाका सडक कालोपत्रे गरिएको छ । स्थानीय तहको पुनर्संरचना हुनुअघिसम्म वर्षको चार महिना स्थानीय बासिन्दा हिलो र पानीमा डुबेर बाटामा हिँड्नुपर्ने बाध्यता थियो । घरदेखि राजमार्गका दुवैतर्फका सडक डुबानमा पर्ने गरेका थिए । “महेन्द्र राजमार्गदेखि घरसम्म पुग्न जुत्ताचप्पल हातमा बोकेर पानीको बाटो हिँड्नु पथ्र्याे । अहिले कालो सडकमा जुत्ता चप्पल लगाएर हिँडिन्छ,” स्थानीय ६५ वर्षीय शम्भु शाहले भन्नुभयो ।
चमेराको रेडियोमोह
रेडियोमा पनि कर तिर्नु पथ्र्याे भन्दा अहिलेका युवालाई अचम्म लाग्न सक्छ तर चार दशकअघि तत्कालीन सरकारले रेडियोमा पनि कर लगाएको थियो । रेडियोमा कर र मूल्य पनि राम्रै पर्ने भएपछि सामान्य परिवारले रेडियो किन्न सक्दैनथे । वराहक्षेत्र–४ बस्ने ५६ वर्षीय चमेरा मुसहरको रेडियोमोह अझै पनि छँदै छ । समय बित्यो, व्यवस्था फेरियो, सञ्चारका प्रविधि थपिँदै गए तर उहाँको मन भने फेरिएको छैन । जवानीदेखि रेडियो सुन्ने बानी लागेको उहाँमा जवानी ढल्किँदै जाँदा पनि रेडियोमोह त्यत्तिकै छ । काम गर्दा होस् वा आराम गर्दा, उहाँको साथमै रेडियो हुन्छ । अहिले पनि उहाँको दैनिकी बिहान उठेदेखि रेडियोबाटै सुरु हुन्छ । काममा जाँदासमेत रेडियो उहाँको साथैमा हुन्छ ।
टीकाको कोसेली केरा र स्याउ
दसैँमा टीका लगाउन आउने वा जाने पाहुनाका लागि कोसेलीका विभिन्न परिकार बनाउनुपर्ने झन्झट हिजोआज पूर्णतया हट्दै गएको छ । बजारमा पाइने स्याउ, केरालगायतका फलफूल तथा मिठाईको बढ्दो प्रयोगले घर घरमा कोसेली बनाउनुपर्ने झन्झट हट्दै गएको हो । मान्यजन र आफन्तको घरमा टीका लगाउन जाने टिकारीले विगतमा घरमै बनाइएका सेलरोटी, अर्सा, अनर्सा, कुराउनीलगायतका कोसेली लैजाने गरिन्थ्यो तर हिजोआज बजारका मिठाई पसलमा बनाइएका जेरी, लड्डु, पेडा, पत्रे, खजुरलगायतका मिठाई तथा स्याउ र केरा किनेर लैजाने गरिएको त्रियुगा नगरपालिका वडा नं ११ गाईघाटकी शर्मिला कार्कीले बताउनुभयो । उहाँ मात्र हैन चौदण्डीगढी नगरपालिका–१०, हडियाकी कमला अधिकारीले पनि टीकाको कोसेलीमा स्याउ र केरा नै लिएर जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,
रोयल किंगले जित्यो पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल
पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल रोयल किंगले जितेको छ । रोयल किंगले ३४ रनले खेल जितेको हो । सात बाघले टस जितेर फिल्डिङ रोजेको थियोे ।
बजेट अभावले आधारभूत अस्पताल अलपत्र
धनकुटाको महालक्ष्मी नगरपालिकामा १५ शय्याको अस्पताल निर्माणको तयारी गरिएको छ । गत असारमै निर्माण सम्पन्न भएर अहिले सो अस्पताल सञ्चालन हुनुपर्ने थियो ।
वार्षिक नाटक मञ्चन कहिले सुचारू होला ? पर्खाइमा छन् रामपुरवासी
महान् चाड बडादसैँ पर्वका अवसरमा हरेक वर्ष रामपुर गाउँ स्थित वरुणेश्वर माविको प्राङ्गणमा मञ्चन गरिँदै आइएको वार्षिक नाटक लामो समयदेखि बन्द हुँदा स्थानीय बुद्धिजीवी, कलाकर्मी, साहित्यकार र कलाप्रेमीहरुले चिन्तित भएका छन् । २०१८ सालदेखि सुरु भएर लगातार ४५ वर्षसम्म चलेको वार्षिक नाटक मञ्चन २०६३ सालमा बन्द भएको थियो ।
चिर्पटले हानेर श्रीमतीको हत्या
खोटाङमा श्रीमानले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ फलाँटेका दावा शेर्पाले श्रीमती लाक्पा डिकु शेर्पाको हत्या गरेका हुन् ।