शशिधर पराजुली
विराटनगर, कात्तिक १३ गते । माटोको ढिस्कोले पुरेर मोरङमा एक जनाको मृत्यु भएको छ । घर पोत्ने माटो खन्नेक्रममा ढिस्को खसेर पुरिएर मोरङको बेलबारी नगरपालिका–१० का सुनिता राजवंशी आइतबार साँझ गम्भीर घाइते हुनुभएको थियो ।
घाइते राजवंशीको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । बेलबारी–८ स्थित भलुवाईमा बाँझको झाङ्मुनी माटो खन्नेक्रममा अचानक ढिस्को झरेपछि पुरिनुभएकी २८ वर्षे राजवंशीलाई सँगै माटो लिन जानुभएकी गीता राजवंशीले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याउनु भएको थियो ।