• १० मंसिर २०८१, सोमबार

रानिटार युनाइटेड र सुकेटार लुङरुपालाई उपाधी

blog

दशमी मेला फुटबल प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण गरिँदै । तस्बिर : राधा लुइटेल

राधा लुइटेल
फिदिम, कात्तिक १३ गते ।
बडा दसैंको अवसरमा पाँचथरको फिदिम नगरपालिका १३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा आयोजित दशमी मेला फुटबल प्रतियोगिताको उपाधी सुकेटार फुटबल टिम लुङरुपाले जीतेको छ ।

सोही अवसरमा आयोजित महिलातर्फको उपाधी भने रानिटार युनाइटेड उपाधी जित्न सफल भयो । सोमबार सम्पन्न खेलमा पुरुषतर्फको उपाधी बिजेता लुङरुपाले नगद एक लाख ३१ हजार पुरस्कारसहित ट्र«फि मेडल र प्रमाण पत्र हात पार्न सफल भयो ।

यस्तै, दोस्रो हुने फालेलुङ ६ सिदिन फुटबल टिमले ७५ हजार नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।

यस्तै, महिलातर्फको उपाधी बिजेता रानिटार युनाइटेडले ६१ हजार रुपियाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने आयोजक जेभाले फुटबल क्लवले ३६ हजार रुपियाँ पुरस्कार प्राप्त गर्न सफल भयो ।

कात्तिक ४ गते सुरु भएका प्रतियोगितामा पुरुषतर्फ ३२ र महिलातर्पm ७ टिम सहभागि थिए ।

खेलकुद प्रतियोगिता नेपाली हरुको महान पर्व बडा दसैंको अवसर पारेर दशमी मेला आयोजक समिति पञ्चमी भञ्ज्याङले आयोजना गरेको थियो ।

दशैभर चलेको प्रतियोगितामा मैत्रीपूर्ण फुटवल, सांस्कृतिक कार्यक्रम र भाग्यशाली उपहार कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएका थिए । प्रतियोगिताका बिजेता उपविजेता टिम तथा खेलाटीलाई प्रमुख अतिथिको आसनबट प्रदेश सांसद कमल जवेगू, फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमुख राधा न्यौपाने, कांग्रस नेता नरेन्द्र केरुङ पुरस्कार वितरण गर्नुभयो ।

कात्तिक ४ गते सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको आयोजक समितिका प्रमुख सल्लाहकार गजेन्द्र राईले जानकारी दिनुभयो ।