तमोर नदीमा काठे पुल निर्माण गरेर यातायात सञ्चालन
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा अस्थायी काठे पुल निर्माण गरेको छ । तमोर नदीमा पानीको सतह घट्न थालेपछि यातायात सञ्चालन गर्न गाउँपालिकाले काठको अस्थायी मोटरेवल पुल निर्माण गरेको हो ।
समृद्ध पालिका बनाउँछौँ
साँगुरीगढी गाउँपालिका धनकुटाको मात्र नभई कोशीको प्रवेशद्वारका रूपमा रहेको पालिका हो । कुल १९ हजार ५६१ जनसङ्ख्या रहेको यो पालिकाको अध्यक्षमा जितेन्द्र रुम्दाली निर्वाचित हुनुभएको छ ।
रेबिज सङ्क्रमणले गोरु मरे
ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–८ माम्खामा रेबिज सङ्क्रमण भएर हलगोरु मरेका छन् । रेबिज संक्रमति कुकुरको टोकाइले रेबिज रोगको लक्षण देखापरेको माम्खाकी प्रमीला राईको हलगोरु मरेका हुन् ।
विद्यालय बन्द गरेर शिक्षक शैक्षिक भ्रमणमा
खोटाङ जिल्ला सदरमुकामसमेत रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालयका शिक्षकहरु शैक्षिक भ्रमणमा निस्किएका छन् ।
कोशी प्रदेशसभा बैठक भोलि बस्ने
कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।
सडक मर्मतमा सहयोग पुर्याउँदै सेना
नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् ।
ओलाङ्चुङगोलामा पर्यटकको चहलपहल
ताप्लेजुङको पर्यटकीय गन्तव्य ओलाङ्चुङगोलामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । पर्यटकीय मौसमसँगै फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको हो ।
९० वर्षको उमेरमा धनीपुर्जाको निस्सा पाएपछि भक्कानिनु भयो अनन्तमाया
झापाको दमकबाट नजिकै रहेको इलामको माङसेबुङ गाउँपालिकाको वडा नं. ४ की ९० वर्षीया अनन्तमाया देवान ३ घण्टा लगातर हिँडेर धनी पुर्जाको निस्सा पाइन्छ भनेको थाहा पाएर वार्ड कार्यालयसम्म आउनु भयो । जब निस्सा पाउनु भयो उहाँ एक छिन भक्कानिनुभयो ।
हमास आतङ्कमा अस्ताएका स्वर्णकारको अन्त्येष्टि
दक्षिणी इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी मारिएका सुनसरीको वराहक्षेत्र ११ मधुवनका २४ वर्षीय राजेश कुमार स्वर्णकारको भौतिक शरीरलाई शनिवार साँझ सप्तकोसी नदीमा अन्त्येष्टि गरिएको छ ।
फूल छिटो फुल्दा किसान मर्कामा
धनकुटा नगरपालिकाको सुकेपोखरीमा स्थानीय सोमबहादुर शाहीले करिब चार रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गर्नुभएको छ । उहाँले लगाएको फूल ढकमक्क फुलेको मात्र छैन, फुलेर सुक्नसमेत थालेको छ । गत वर्ष फूलबाट राम्रै आम्दानी लिनुभएका शाही यो वर्ष भने आधा पनि आम्दानी नहुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । खेतमा रहेको फूललाई तिहारसम्म राख्न सकिँदैन कि भन्ने चिन्ता पनि उहाँलाई छ ।
ब्याकुल माइला गोल्डकपको उपाधी दूधकौशिका आधारभूत विद्यालयले जित्यो
ब्याकुल माइला गोल्डकप नवौं संस्करणको उपाधी दूधकौशिका आधारभूत विद्यालय मानेभञ्ज्याङ गाउँपालिका–६ सोक्माटारले जितेको छ ।
कुम्भकार माटोको भाँडा बनाउन व्यस्त
सुनसरीको सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकार बिहानैदेखि कोही माटो मुस्छन् त कोही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहजरुपमा उपलब्ध गराउने उनीहरूको उद्देश्य हो ।
कोशी सरकारले भूकम्पपीडितलाई एक करोड सहयोग गर्ने
कोशी प्रदेश सरकारले भूकम्प प्रभावितहरूको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ ।
कोशी सरकारबाट एमाले बाहिरियो : मन्त्रीद्वारा राजीनामा
कोशी प्रदेशका मन्त्री रामबहादुर रानामगरले पदबाट राजीनामा दिनुभएको छ ।
‘विपत् न्यूनीकरणमा सशस्त्र प्रहरी अब्बल’
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विपत् जोखिम न्यूनीकरणमा सशस्त्र प्रहरी बल अब्बल रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल नं. १ वराह बाहिनी पकलीले सञ्चालन गरेको गोता
समस्या बन्दै औद्योगिक ग्राम
स्थानीय घरेलु उद्योगलाई एकत्रित गरी सञ्चालन गर्ने उद्देश्यले धनकुटामा आवश्यक संरचना निर्माण गरेको तीन/चार वर्ष बितेको छ । औद्योगिक व्यवस्थापन लिमिटेडको स्वामित्वमा रहेको जग्गा औद्योगिक ग्रामको नाममा ल्याएर २०७५ सालमा औद्योगिक ग्रामको पहिलो चरणको काम सम्पन्न गरी सञ्चालनको तयारी गरियो । अहिले यहाँ दुई चरणमा गरी १४ करोड बढी रकम खर्च गरी २७ ब्लक निर्माण भएका छन् ।
कोशी सरकारमा गठबन्धन दल सहभागी, दुई मन्त्री नियुक्त
मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
आयोजनाको फाइदा सबैभन्दा धेरै स्थानीयले पाउनुपर्छ : अर्थमन्त्री महत
अर्थमन्त्री डा. प्रकाशशरण महतले कुनै पनि ठूला आयोजना अगाडि बढ्दा स्थानीयवासीको सहयोग र सहभागिता सबैभन्दा महत्वपूर्ण हुने भएकाले त्यसको फाइदा पनि स्थानीयले पाउनुपर्ने बताउनुभएको छ । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको कार्यस्थल भोटखोला निरीक्षणका क्रममा मन्त्री महतले सो कुरा बताउनुभएको हो ।
सप्तकोशीमा मोटरबोट दुर्घटना, पत्रकारसहित केही घाइते
सुनसरीको चतरा पुल नजिकै सप्तकोशी नदीमा मोटरबोट दुर्घटना परेको छ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो ।
कोशी प्रदेश सभाको बैठक सोमबार बस्ने
कोशी प्रदेशसभाको बैठक आगामी कात्तिक २० गते सोमबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशन गरी बैठक बस्ने जानकारी गराएको हो ।
कोशी प्रदेश सरकारमा गठबन्धनबाट दुई मन्त्री नियुक्त हुँदै
कोशी प्रदेश सरकार आज (शुक्रबार) विस्तार हुने भएको छ । मुख्यमन्त्री केदार कार्कीले गठबन्धन दलबाट दुई जनालाई मन्त्री नियुक्त गरी सरकार विस्तार गर्ने तयारी गर्नुभएको हो ।
सुनसरीमा तीन हजार हेक्टर क्षेत्रफलमा आलु खेती
सुनसरीका कृषक आलु खेती लगाउनतर्फ व्यस्त भएका छन् । जिल्ला सदरमुकाम इनरुवासहित भोक्राहा नरसिंह, कोशी, हरिनगर, देवानगञ्ज, गढी, बराहक्षेत्र, दुहबी धरानलगायत स्थानमा बसोबास गर्ने किसान दसँै सकिएसँगै आलु खेती गर्नेतर्फ व्यस्त भएका हुन् ।
गहनासहित ज्वेलर्सका सञ्चालक पक्राउ
विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको कलकता घर भएका बिश्वनाथ जाना बिल बिनाको सुनका तयारी गहना १५३ ग्राम आठ मिलिग्राम र चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम पाँच मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
माटाका भाँडाकुँडा बनाउँदै कुमाले
सुनसरीको इनरुवा–२ का अभिषेक पण्डित माटाको दियो बनाउँदै । तिहार नजिकिएसँगै कुमालेलाई दियोलगायत माटाको भाँडाकुँडा बनाउन भ्याइनभ्याइ छ ।