• ८ जेठ २०८१, मङ्गलबार

कोशी सरकारले भूकम्पपीडितलाई एक करोड सहयोग गर्ने

blog

शशिधर पराजुली

विराटनगर, कात्तिक १८ गते । कोशी  प्रदेश सरकारले भूकम्प प्रभावितहरूको राहत तथा उपचारका लागि एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको छ । 

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले उद्धार, राहत र उपचारका लागि कर्णाली प्रदेश सरकारलाई रकम पठाउने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको अस्थायी बसोबासका लागि आवश्यक पर्ने एक ट्रक सामान पनि पठाउने निर्णय गरेको छ । 

राहत सामग्री तत्काल त्यसतर्फ लगिने मुख्यमन्त्री कार्कीले जानकारी दिनुभयो । त्रिपाल, ब्ल्याङ्केट, म्याट्रेस आदि सामानहरू पठाउने प्रदेश सरकारको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।