• ११ मंसिर २०८१, मङ्गलबार

गहनासहित ज्वेलर्सका सञ्चालक पक्राउ

blog

फाइल तस्बिर

मोरङ, कात्तिक १७ गते । विराटनगर महानगरपालिका-११ स्थित पशुपति ज्वेलर्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको कलकता घर भएका विश्वनाथ जाना बिल बिनाको सुनका तयारी गहना १५३ ग्राम आठ मिलिग्राम र चाँदीको तयारी गहना ९९ केजी ९४६ ग्राम पाँच मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय र भन्सार कार्यालय मोरङ विराटनगरबाट संयुक्तरुपमा खटिएको अनुगमन टोलीले उक्त ज्वेलर्समा बिल बिनाको सुनचाँदीको तयारी गहना फेला पारी पक्राउ गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।