शशिधर पराजुली
विराटनगर, कात्तिक १७ गते । कोशी प्रदेशसभाको बैठक आगामी कात्तिक २० गते सोमबार बस्ने भएको छ । प्रदेश सभा सचिवालयले शुक्रबार सूचना प्रकाशन गरी बैठक बस्ने जानकारी गराएको हो ।
मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिएलगतै अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बैठक २० गते दिउँसो १ बजे बस्न लागेको हो । तर बैठकको कार्यसूचि भने अहिले टुङ्गो नभइसकेको प्रदेश सभा सचिव गोपाल पराजुलीले बताउनुभयो ।
कोशी प्रदेशमा अध्यादेशबाट जारी गरिएको बजेट प्रतिस्थापन गरी पारित गर्नुपर्ने भएकोले सरकारले प्रतिस्थापन विधेयक पनि अगाडि बढाउने तयारी गरिरहेको छ ।