जहाँ बाटो त्यहाँ अटो
कात्तिक तेस्रो साता पाँचथरको फिदिम–१ की डोमा शेर्पा फिदिमबाट स्कुटर लिएर हिलिहाङ गाउँपालिका–५ मा रहेको आगेजुङ गुम्बातर्फ प्रस्थान गर्नुभयो। गोपेटार बजारसम्म सडक कालोपत्रे भएकाले त्यहाँसम्म पुग्न कठिन भएन। त्यहाँबाट आठ किलोमिटर कच्ची सडक पार गर्दा गुम्बा पुगिन्थ्यो। स्कुटर भर्खरै सिकेकी उहाँलाई कच्ची सडकमा लैजाने हिम्मत भएन। कसरी जाने होला भनेर सोच्न नभ्याउँदै ‘अटो रिक्सा’ आइपुग्यो। एक सय भाडा तिरेर उहाँ गुम्बा पुग्नुभयो र फर्किदा पनि अटोमै फर्कनुभयो।
पुर्ख्यौली व्यवसायमा फर्किँदै माझीटारका युवा
पाँचथरका हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकाको सङ्गममा पर्ने माझी टारका युवाले पुर्ख्यौली पेसालाई निरन्तरता दिने अभियान सुरुवात गरेका छन् ।
तस्बिरमा मौलिकता र पहिचान
पाँचथर र तेह्रथुम जिल्लालाई सिमाना छुट्याएर बग्ने तमोर नदी किनारमा शनिबार एउटा बेग्लै मौलिकता र पहिचान देखियो।
प्रदेश १ मा एक वर्षमा पाँच वटा हात्ती मरे
सुनसरीसहित प्रदेश १ मा एक वर्षमा पाँच वटा जङ्गली हात्तीको मरेका छन् । प्रदेश १ को झापा, सुनसरी र उदयपुर गरेर तीन जिल्लामा वर्षमा पाँच वटा हात्ती मरेका हुन् ।
भेडेटारमा खाना महोत्सव हुँदै
पूर्वको प्रमुख पर्यटकीय स्थल भेडेटारमा तीनदिने दसौँ भेडेटार खाना महोत्सव आयोजना हुने भएको छ।
सर्पदंश उपचार सेवालाई व्यवस्थित बनाइँदै
झापाको दमकस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले सञ्चालन गर्दैआएको सर्पदंश उपचार सेवालाई थप प्रभावकारी बनाउने तथा सिकिस्त बिरामीको उपचारका लागि भेन्टिलेटर सुविधा उपलब्ध गराउने साधारण सभाबाट निर्णय गरेको छ ।
ठेकेदारले काम नगरेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रको ठेक्का तोडियो
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुई वटा प्याकेज (खण्ड) कालोपत्रको ठेक्का तोडिएको छ ।
गठबन्धन टुटे एमाले सरकारमा जान्छ: पोखरेल
वर्तमान गठबन्धन टुटे एमाले पनि सरकारमा सामेल हुनसक्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताउनु भएको छ ।
उद्योगबाट पुर्जी जारी
सुनसरीको बर्जुस्थित इस्टर्न सुगर मिलले दैनिक १८ हजार क्विन्टल उखु क्रसिङमा लगाउन बुधबार पुर्जी जारी गरेको छ । मिलका महाप्रबन्धक झाले सरकारले मूल्य नतोके पनि समयमै क्रसिङ सुरु नगरे उखुको तौल घट्ने भएकाले किसान र मिल दुवैलाई घाटा हुने बताउनुभयो । “सरकारले समर्थन मूल्य तोकेपछि त्यसका आधारमा भुक्तानी दिनेछौँ । अहिले उखु काटेर ल्याउन भनेको छौँ,” महाप्रबन्धक झाले भन्नुभयो ।
सुनसरी–मोरङ कोरिडोरमा थपियो ठूलो उद्योग
कोभिड–१९ सङ्क्रमणपछि सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ठूलो लगानीमा नयाँ डन्डी उद्योग सञ्चालनमा आएको छ । सुनसरीको दुहबी नगरपालिका–१, परास्टोकीमा दुई अर्ब ५० करोड रुपियाँको लगानीमा स्वस्तिक रोलिङ मिल सञ्चालनमा आएको हो ।
तराईसँग सडक सम्पर्कमा खोटाङ
पहाडी जिल्ला खोटाङ तराईसँग सिधा सडकमा जोडिएको छ। दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा मोटरेबल पक्की पुल सञ्चालनमा आएपछि खोटाङ तराईसँग सिधा सडकमा जोडिएको हो। सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत वारिपारि सडक बने पनि नदीमा पुल नहुँदा पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको दिक्तेल–गाईघाट सडकखण्डबाट यात्रा गर्न सास्ती थियो। हिउँदमा अस्थायी रूपमा फोक्सिङटार बेलिब्रिज जडान गरेर सवारीसाधन वारपार हुने गरेको थियो। बर्खाको समयमा भने बेलिब्रिज हटाएपछि कटारी–घुर्मी–जयराम हुँदै यात्रा र दैनिक उपभोग्य सामग्री ढुवानी गर्नुपर्ने बाध्यता थियो।
दिगो बजारीकरणमा सहयोग गर्न सरकारसँग किसानको आग्रह
धनकुटाका किसानले एकल उत्पादन र सामूहिक व्यवस्थापनसँगै दिगो बजारीकरणमा सहयोग गर्न किसानहरूले सरकारसँग आग्रह गरेका छन् ।
झापामा जेठाजुको हत्या आरोपमा बुहारी पक्राउ
आफ्नै जेठाजुको विभत्स हत्या गरेको आरोपमा झापा कनकाई नगरपालिका ४ इलुवावारीकी ४९ वर्षीया रनमाया बाँस्तोलालाई १२ घण्टा नबित्दै प्रहरीले पक्राउ गरेको छ।
हिमालय रोड सौन्दर्यकरणको काम अघि बढ्यो
विराटनगरको हिमालय रोडलाई सौन्दर्यकरण गर्ने काम अब एक महिनाभित्र सम्पन्न गर्ने विराटगनर महानगरपालिकाले जनाएको छ । निर्माण सम्पन्न भएसँगै त्यसलाई व्यावसायिक उपयोगमा ल्याउने महानगरको तयारी छ ।
दुई अर्ब ५० करोड लगानीमा फलामे उद्योग
सुनसरी मोरङ औद्योगिक करिडोरमा दुई अर्ब ५० करोड रुपियाँ लगानीमा स्थापना भएको स्वस्तिक रोलिङ्ग मिलले व्यवसायिक उत्पादन सुरु गरेको छ।
धरानको साबुन फ्याक्ट्रीमा उच्च अदालतको रोक
धरान उपमहानगरपालिकाको नगरप्रमुख हर्कराज राईले निर्माण गर्नुभएको साबुन फ्याक्ट्री ऐन विपरीत सञ्चालन गर्नुभएको भन्दै उच्च अदालत विराटनगरले रोक लगाएको छ।
जङ्गली हात्तीको आक्रमणबाट बच्नै गाह्रो !
झापामा पछिल्लो समयमा जङ्गली हात्तीको आक्रमणबाट बच्न मुश्किल बन्न थालेको छ। जिल्लामा पछिल्लो नौ महिनामा चार जनाको मृत्यु हात्तीको आक्रमणबाट भएको छ। विशेष गरी भारतबाट आउने जङ्गली हात्तीले झापाका विभिन्न सामुदायिक वन तथा चारकोशे झाडीमा वासस्थान बनाउँदै आएका छन्। जिल्लाको प्रमुख समस्या पहिचान गर्ने क्रममा जिल्ला विपद् व्यवस्थापन समितिले हात्तीको समस्यालाई प्रमुख रूपमा औँल्याएको छ।
वन व्यवस्थापनमा मुख्य चुनौती डढेलो
मोरङको कुल क्षेत्रफल एक लाख ८५ हजार छ सय हेक्टर छ । यसभित्र एक सय ३४ सामुदायिक, चार साझेदारी, दुई कबुलियती, १२ धार्मिक तथा सरकारद्वारा व्यवस्थित गरी ४६ हजार आठ सय पाँच हेक्टर क्षेत्र वन रहेको छ । तर वन व्यवस्थापनका लागि भने डढेलो मुख्य चुनौतीको रूपमा रहेको छ ।
लगानी नहुँदा योजना अलपत्र
सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगको क्षमता विस्तारसम्बन्धी योजना आर्थिक अभावका कारण अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन। प्लान्टमा आरएसपी जडान गरी उत्पादन वृद्धि गर्ने भनी झन्डै दुई वर्ष पहिले योजना ल्याइएको थियो। नेपालमा उच्च गुणस्तरको सिमेन्ट बजार, उद्योगको आर्थिक दायित्व, भविष्यमा आउनसक्ने आर्थिक भार तथा चुनौतीको सामना गर्न उत्पादन वृद्धि गर्ने विकल्प अगाडि सारिएको थियो। उदयपुर सिमेन्ट उद्योगले आरएसपी जडान गरी उत्पादन क्षमता वृद्धि गर्ने भनी झन्डै दुई वर्ष पहिले क्षमता विस्तारसम्बन्धी योजना ल्याएको हो।
सहायक मार्गले मूल सडक जोखिममा
कोसी राजमार्ग सडकखण्डको विभिन्न ठाउँबाट नयाँ सडक विस्तार गर्ने क्रममा सहायक मार्गको ट्रयाक खुल्न थालेपछि राजमार्ग जीर्ण कमजोर बन्दै गएको छ। कोसी राजमार्ग भेडेटारदेखि धनकुटाको हिले र त्यसभन्दा माथि चित्रेसम्म करिब ६५ किलो मिटरको दुरीमा राजमार्गको छेउबाट एक सयभन्दा बढी ‘ट्र्याक’ खोलिएका छन्।
हिलिहाङका चार सय बढीको स्वास्थ्य परीक्षण
हिलिहाङ गाउँपालिकाले आयोजना गरेको ज्येष्ठ नागरिक तथा महिला लक्षित निःशुल्क स्वास्थ्य शिविरमा चार सय आठ जनाले लाभ लिएका छन्।
झापा गोल्डकपको विजेतालाई १३ लाख
भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको विजेतालाई प्रथम पुरस्कार राशि १३ लाख रुपियाँ राखिएको छ ।
दुहबीमा शुक्रबारदेखि उद्यम तथा रोजगार मेला सुरु हुँदै
सुनसरीको दुहबी नगरपालिकाको आयोजना तथा प्रदेश १ सरकारको सहकार्यमा वृत्ति परामर्श उद्यम तथा रोजगार मेला सुरु हुनेभएको छ ।
बीपी प्रतिष्ठानमा शिक्षाध्यक्षमा प्रा.डा. शर्मा नियुक्त
बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानले शिक्षाध्यक्षमा इन्टर्नल मेडिसिन विभागका प्रा.डा. सञ्जीवकुमार शर्मालाई नियुक्त गरेको छ ।