• ११ मंसिर २०८१, मङ्गलबार

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामेरा’ जडान

blog

फुङ्लिङ, कात्तिक ६ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामेराबाट निगरानी गरिने भएको छ । सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामेराबाट निगरानी हुन थालेको हो ।

फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच  सिसी क्यामेरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामेरा जडान गरिएको छ । आवश्यकताअनुसार सिसी क्यामेरा थप गर्ने योजना रहेको उहाँको भनाइ छ ।

यस्तै, सुकेटारमा फोहाेरमैला विसर्जन गर्न ३०  डस्टबिन (फोहाेरदानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ । प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ ।