• १४ मंसिर २०८१, शुक्रबार

बृद्धबृद्धालाई नातीसँग जोड्न मातापिता प्रतिष्ठान

blog

राधाकृष्ण डुम्रे

वालिङ, कात्तिक ८ गते । वालिङका युवाहरुले स्वतःस्फूर्त रुपमा बृद्धबृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न मातापिता प्रष्ठिान गठन गरेका छन् ।पछिल्लो समय युवा तथा बालकालिकाहरु मेवाइल, ल्यापटपजस्ता आधुनिक शैलीमा भुल्न थालेको र वृद्धवृद्धाहरु एक्लै परिरहेको भन्दै युवाहहरुको सक्रियतामा  प्रतिष्ठान खालिएको छ । 

समाजमा बाल क्लब, युवा क्लब, आमा समुहलगायत विभिन्न सामाजिक संघ संस्था भएता पनि बृद्धबृद्धा रमाउने उपयुक्त माध्यम छैनन्, त्यसैले संस्थामार्फत उनीहरुको जीवनलाई आनन्दित बनाउने हाम्रो योजना छ, अध्यक्ष श्यामप्रसाद ढुंगानाले बताउनुभयो । 

उहाँका अनुसार वृद्धवृद्धा अनुभवले भरिपूर्ण भएका हुन्छन्, त्यसैले उहाँहरुको ज्ञान सीप र अनुभवलाई पुस्ता हस्तान्तरण गर्न संस्था खोलिएको हो । प्रतिष्ठानले बुढेसकालमा ‘साथीसँगै नातिसँगै रमाउन सक्ने पार्कसहितको आश्रम बनाउन अभियान सुरु गरेको अध्यक्ष ढुंगानाले बताउनुभयो । 

मातापिता जीवित भगवान हुन् तर उहाँहरु बुढेसकालमा तनाव र पीडायुक्त जीवन जिउने अवस्था बनेको छ, उहाँहरुको यो समस्या देखेर नै युवाहरु मिलेर संस्था खोलेका हौं प्रतिष्ठानका सचिव भरत बगालेले बताउनुभयो । 

वालिङवासी युवाहरुलाई प्राचीन सभ्यता, धर्म, संस्कृति, संस्कार, रीतिरिवाज र चाडपर्वलगायतका विषयहरुको वैज्ञानिक महत्व बुझाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संयोजक प्रदीप बगालेले बताउनुभयो । 

कार्यक्रममा प्राज्ञ डा. जगमान गुरुङसहित धार्मिक अभियन्ता चैतन्य कृष्ण र प्राडा. जगन्नाथ रेग्मी लगायतको सहभागिता रहने संस्थाले जनाएको छ । कार्यक्रममा संस्कार संस्कृति प्राचीन सभ्यता, धर्म संस्कृति, चाडपर्व लगायतका विषयमा वैज्ञानिक तथा धार्मिक महत्वका विषयमा प्रवचन कार्यक्रम हुने संस्थाका अध्यक्ष ढुंगानाले बताउनुभयो ।

अहिलेको युवापुस्तालाई संस्कार र संस्कृतिबारे बुझाउने तथा धार्मिक, सांस्कृतिक र मानवीय दायित्व र कर्तव्यका बारेमा सुसूचित गराउन अपरिहार्य छ त्यसैले कार्यक्रम राखिएको हो, ढुंगानाको भनाइ छ ।