• १२ साउन २०८१, शनिबार

आमन्त्रण गोल्ड कपको उपाधी शान्तिनगर फुटबल क्लबलाई

blog

शान्तिनगरका खेलाडीहरु उपाधी लिदैँ । तस्बिर : बाबुराम कार्की

बाबुराम कार्की

बराहक्षेत्र, कात्तिक ६ गते । ‘हाम्रो गोल दुव्र्यसन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा जारी वाइवाइ तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधी शान्तिनगर फुटबल क्लब इटहरीले जितेको छ । 

पहिलो हाफको ३० आँै मिनेटमा शान्तिनगर फुटबल क्लबका जर्सीनम्बर १६ का एकराज बुढाथोकीले जर्सीनम्बर ६ का उमेश कार्कीको पासमा हानेको सुटगोलमा परिणत भएको थियो । निर्धारित समयमा वराहक्षेत्र ११ ले गोल फर्काउन नसक्दा शान्तिनगर फुटबल क्लबले १–० गोलले हराउँदै शान्तिनगर फुटबल क्लब इटहरीले प्रतियोगिताको उपाधी हात पारेको छ । 

खेलमा दुबै टिमबीच कडा प्रतिस्पर्धा भए पनि बराहक्षेत्र ११ ले पाएको फ्रि किक र कर्नर किकको सदुपयोग हुन नसक्दा शान्तिनगर फुटबल क्लबले पहिलो हाफको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्दै वाइवाइ अन्तर्राष्ट्रिय गोल्ड कप जित्न सफल भएको हो । 

आजको खेलमा एकराज बुढाथोकी म्यान अफ द म्याच घोषित हुनुभयो । जितसँगै शान्तिनगर फुटबल क्लब इटहरीले दुई लाख नगदसहित गोल्ड कप जितेको छ । उपविजेता बनेको वराहक्षेत्र ११ ले एक लाख राशीसहित ट्रफि, मेडल, प्राप्त गरेको छ । विजेता र उपविजेतालाई ट्रफि तथा पुरस्कार वराह क्षेत्रका नगर प्रमुख रमेश कार्की र उपप्रमुख नन्दकुमारी सुनुवारले प्रदान गर्नुभयो ।  

चक्रघट्टी फुटबल क्लबको आयोजनामा महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा नेपाल र भारतको गरी ८ टिमको सहभागिता रहेको थियो ।