• १२ साउन २०८१, शनिबार

प्रथम कोशी प्रदेश सभामुख कप कात्तिक १५ गतेबाट

blog

जयकृष्ण यादव

इनरुवा, कात्तिक ९ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम कोशी प्रदेश सभामुख कपको तयारी पूरा भएको छ । समाज विकास केन्द्र, नेपालको आयोजनामा यही कात्तिक १५ देखि २२ गतेसम्म हुने प्रथम कोशी प्रदेश सभामुख कपको सबै तयारी पूरा भएको हो । 

आयोजकले भोक्राहा नरसिंह–४ जामिआ खेल मैदानमा गर्न लागेको प्रथम कोशी प्रदेश सभामुख कप–२०८० फुटबल प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहने खेल तालिका सार्वजनिक गरेको छ । प्रथम कोशी प्रदेश सभामुख कपमा आयोजक समाज विकास केन्द्रसहित इनरुवाको मधेश क्लब, इनरुवा फुटबल क्लब, इटहरीको मधेली क्लब, शान्ति युवा स्पोर्टिग क्लवब रामधुनीको रामधुनी वराहक्षेत्रको राजाबास क्लब, दुहवीको सिमरिया क्लब गरी ८ वटा टिमको सहभागिता रहने जनाएको छ । 

उपाधि पाउने टिमले २५ हजार रुपियाँ, सिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेता टिमले १५ हजार रुपियाँ, सिल्ड, पदक र प्रमाणपत्र पुरस्कार पाउने आयोजक समितिका सेराज हुसेनले जानकारी दिनुभयो ।