हरि कोइराला
उर्लाबारी, कात्तिक १० गते । पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिगको उद्घाटन खेल रोयल किंगले जितेको छ । रोयल किंगले ३४ रनले खेल जितेको हो । सात बाघले टस जितेर फिल्डिङ रोजेको थियोे । रोयल किंगले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन जोडेको थियोे ।
मोरङको पथरीशनिश्चरेमा भइरहेको उक्त खेलमा रोयल किंगका लागि शिवन यादवले नटआउट रहँदै ३७ रनको योगदान गर्नुभयो । यस्तै, महेश बस्नेतले २७ रन, सञ्जय प्याक्राले १७ रन, अर्जुन बस्नेतले १४ को योगदान गर्नुभयो ।
सातबाघका फिर्दाेस अन्सारीले चार विकेट र आश्विन महतले तीन विकेट लिनुभयो । १३५ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफि ब्याटिङ गरेको सातबाघ १७ ओभर ५ बल खेल्दै १०० रनमा समेटियो । सातबाघका लागि फिर्दाेस अन्सारीले २६ रन जोड्नु भयो भने आश्विन महतले २५ रनको योगदान गर्नुभयो । रोयल किंगका शिवम यादव, राज बस्नेत, दिवस राजवंशी र सुवास भण्डारीले समान दुई÷दुई विकेट लिनुभयो ।
आजको खेलमा रोेयल किंगका शिवन यादव मेन अफ द म्याच घोषित हुनुभयो । शनिबार पहिलो खेल वीरेन्द्रनगर स्टिल टाइगर र गोर्खा लिजेन्ड बीच हुनेछ । दोस्रो खेल आइतबारे अस्त्र र रोयल किंगबीच हुनेछ ।
सात टिम सहभागी प्रतियोगिताका विजेताले एक लाख ३१ हजार १११ रुपियाँ र उप विजेताले ७१ हजार १११ रुपियाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।