म्यानचेस्टर सिटी र आर्सनल विजयी
म्यानचेस्टर सिटी र आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले इप्सबिच टाउनलाई ४–१ गोलले हरायो । अर्को खेलमा आर्सनलले एस्टर्न भिल्लालाई उसैको मैदानमा २–० गोलले स्तब्ध बनायो ।
खेल दर्शकबाट तेह्र लाख सङ्कलन
ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा टिकट बिक्री गरेर हालसम्म साढे तेह्र लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनल सम्ममा टिकट बिक्रीबाट कुल १३ लाख ६३ हजार सात सय रुपियाँ सङ्कलन भएको हो ।
ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै सिराहा फाइनलमा
बिर्तामोड युनाइटेड फुटबल क्लब झापालाई पराजित गर्दै सलहेश युवा क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङ गोल्डकप : बिर्तामोडसँग आर्मी स्तब्ध
दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बिर्तामोड युनाइटेड फुटबल क्लब झापासँग विभागीय टोली त्रिभुवन आर्मी क्लब स्तब्ध बनेको छ ।
साफ यु–२० फुटबल : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
आयोजक नेपाल दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
ताप्लेजुङ गोल्डकप : सगरमाथा यूथ विजयी
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सगरमाथा यूथ क्लब मोरङ विजयी भएको छ । बुधबारका भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई १–० गोलअन्तरले हराउँदै मोरङ विजयी भएको हो ।
साफ यु–२० फुटबल : माल्दिभ्सविरुद्ध भुटानको रोमाञ्चक जित
१० खेलाडीमा समेटिएको भुटानले साफ यु–२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकालेको छ ।
नेपालगन्ज रङ्गशालाको सेन्थेटिक ट्रयाक छानबिन गर्दै उपसमिति
नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ मा क्रयाक भएको विषयमा अध्ययन गर्न गठन गरिएको उपसमितिले रङ्गशालामा पुगेर छानबिन गरिरहेको छ ।
ताप्लेजुङ गोल्डकप : सलहेश युवा क्लब विजयी
अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा सिराहाको सलहेश युवा क्लब विजयी भएको छ । मङ्गलबार भएको खेलमा पाँचथर फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सिराहा विजयी भएको हो ।
साफ यु–२० फुटबल : नेपाल र बङ्गलादेश एक खेल अगावै सेमिफाइनलमा
नेपाल र बङ्गलादेश दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेका छन् ।
चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय
चीनको एक अदालतले सोमबार देशको फुटबल सङ्घका एक उच्च पूर्वपदाधिकारीलाई घूस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ ।
साफ यु–२० फुटबल : भुटानमाथि भारतको कठिन जित
साबिक विजेता भारतले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपमा भुटानमाथि कठिन जित निकालेको छ ।
सिटीको विजयी सुरुवात
म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विजेता समेत रहेको सिटीले आइतबार राति भएको खेलमा चेल्सीलाई उसैको मैदानमा २–० गोलले हरायो ।
साफ यु–२० फुटबल : नेपालको विजयी सुरुवात
आयोजक नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलले हरायो ।
बार्सिलोनाको विजयी सुरुवात
स्पेनिस महारथि बार्सिलोनाले नयाँ सिजनको ला लिगामा विजयी सुरुवात गरेको छ । मोस्टाला स्टेडियममा शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई २–१ गोलले हरायो ।
पिएसजीको विजयी सुरुवात
साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हरायो ।
साफ यु–२० फुटबल : सहभागी सबै टोलीको लक्ष्य उपाधि
च्याम्पियनसिप अघि शनिबार आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक र कप्तानले आफ्नो लक्ष्य उपाधि चुम्नु रहेको दाबी गरेका छन् ।
स्पेनिस ला लिगा सुरु : दुवै खेल बराबर
स्पेनिस ला लिगाको नयाँ सिजन २०२४/०२५ सुरु भएको छ । बिहीबार राति भएको उद्घाटन सत्रका दुवै खेल बराबरीमा सकिएको छ ।
यु–२० फुटबलको कप्तानमा कुशल
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ ।
एम्बाप्पेको डेब्यु गोलमा रियल च्याम्पियन
फ्रान्सेली युवा स्टार केलियन एम्बाप्पेको डेब्यु गोल सहयोगमा रियल म्याड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ ।
दशरथ रङ्गशाला बिग्रिएपछि सातदोबाटो सर्यो साफ यु–२० फुटबल
नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रङ्गशालाको अवस्था नाजुक भएपछि आइतबार देखि सुरु हुने साफ यु–२० च्याम्पियनसिप फुटबल सातदोबाटोमा हुने भएको छ ।
पारोसँग हार्यो चर्च ब्वाइज
एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड क्लब भुटानको पारो एफसीसँग पराजित भएको छ ।
चर्च ब्वाइज र पारोबिचको पहिलो हाफ बराबर
नेपालको लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र भुटानको पारो एफसीबिच दशरथ रङ्गशालामा मङ्गलबार जारी एएफसी च्यालेन्ज लिग प्रारम्भिक चरणको प्लेअफको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको छ ।
पारोसँग खेल्न चर्च ब्वाइज टोली मैदानमा
एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा भुटानको पारो एफसीविरुद्ध खेल्नका लागि नेपालको शहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडले आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेको छ ।