‘सी’ डिभिजन लिग बिहीबारदेखि
शहिद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि हुने भएको छ । तीन महिना चल्ने लिगमा १४ क्लबले ९१ खेल खेल्नेछन् ।
आर्मीलाई हराउँदै सुदूरपश्चिम–११ सेमिफाइनलमा
नेपाल आर्मीलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै सुदूरपश्चिम–११ तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साहारालाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा
नेपाल पुलिस क्लब तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बाफ महिला फुटबल टोली सम्मानित
नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाल स्पोर्ट्स फेलोसिपले सम्मान गरेको छ । गत फागुनमा भएको बाफ महिला फुटबल च्याम्पियनसिपमा उपविजेता बनेको टोलीलाई आइतबार राति सम्मानपत्र र ७५ हजार रुपियाँबाट सम्मान गरिएको हो ।
बाँके फुटबलमा यु–१३ छनोटको उत्साह
बाँके जिल्ला फुटबल सङ्घले शनिबार गरेको यु–१३ छात्र–छात्रा फुटबल छनोट कार्यक्रममा उत्साह जनक रुपमा खेलाडीको सहभागिता देखिएको छ ।
तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता हुँदै
कपिलवस्तुमा प्रथम तिलौराकोट गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुनेभएको छ । १७ गतेदेखि बाणगंगा नगरपालिकामा मोफसल र ‘ए’ डिभिजन क्लबको सहभागिता हुनेगरी फुटबल प्रतियोगिता हुने पत्रकार सम्मेलनमार्फत बताइएको छ ।
मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिलको बराबरी
स्पेन र ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ३–३ गोलको बराबरी खेलेका छन् । स्पेनको म्याड्रिडमा मङ्गलबार राति भएको खेलमा घरेलु टोली स्पेनका लागि रोड्रीले दुई तथा ड्यानी ओल्मोले एक गोल गर्नुभयो ।
दोस्रो खेलमा नेपाल र बहराइन भिड्दै
सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिएन कप संयुक्त छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले मङ्गलबार (आज राति) बहराइनसँग प्रतिस्पर्धा गर्दैछ ।
धरानले जित्यो चाँगे माछापोखरी गोल्डकप उपाधि
आइतबार भएको फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।
राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान
कृषि तथा पशुपन्क्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रको प्रतिष्ठा वृद्धि र राष्ट्रिय एकता विकासको अभियानमा खेलकुदको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
‘खेलकुदले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै’
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभएको छ ।
घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आगामी वैशाख १ गतेदेखि ‘सातौँ स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ ।
नेपाल र बहराइन भिड्दै
फिफा विश्वकप–२०२६ र एएफसी एसिएन कप छनोटको दोस्रो चरणको खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले आज (बिहीबार) राति बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल बहराइनको राष्ट्रिय रङ्गशाला नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
दशरथ रङ्गशालाको संरक्षण राखेप आफैँले गर्ने
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको खेलमैदान संरक्षण आफैँले गर्ने भएको छ ।
बाँकेमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।
लिभरपुललाई हराउँदै युनाइटेड सेमिफाइनलमा
बलियो प्रतिद्वन्द्वी लिभरपुललाई उसैको मैदानमा अतिरिक्त समयमा ४–३ गोलले हराउँदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
दोखुले जित्यो वडास्तरीय भलिबल उपाधि
ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–६ नाल्बुमा सम्पन्न वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि फुङ्लिङ नगरपालिका–८ दोखुले जितेको छ ।
सिटी एफए कपको सेमिफाइनलमा
इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा अर्को प्रिमियर लिग टोली न्युक्यासल युनाइटेडलाई २–० गोलले हराउँदै सिटीले सेमिफाइनलमा स्थान बनाएको हो ।
एनआरटीलाई बुढासुब्बा गोल्डकप उपाधि
धरान–१६ स्थित रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले साङ्ग्रीला मोरङ फुटबल क्लबलाई २–१ गोलले हरायो ।
वाफ उपविजेतालाई गुरुङको १० लाख
साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपियाँ प्रदान गर्नुभएको छ ।
बुढासुब्बा गोल्डकप : काँकडभिट्टालाई हराउँदै एनआरटी फाइनलमा
न्यूरोड टिम (एनआरटी) धरानमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
एट्लेटिको र बोरुसिया डर्टमन्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
स्पेनिस क्लब एट्लेटिको म्याड्रिड र जर्मन क्लब बोरुसिया डर्टमन्ड युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुढासुब्बा गोल्डकप : आयोजकलाई हराउँदै मोरङ फाइनलमा
मोरङ फुटबल क्लब धरानमा जारी २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा मोरङले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
एन्फालाई कारबाही गर्न खेलकुद मन्त्रालयको आदेश
फुटबलमा अनावश्यक पदाधिकारी मलेसिया भ्रमणमा गएपछि युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई कारबाही गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गरेको छ ।