• २१ वैशाख २०८१, शुक्रबार

वाफ उपविजेतालाई गुरुङको १० लाख

blog

वाफ फुटबल उपविजेता महिला टोलीसँग यमबहादुर गुरुङ ।

काठमाडौं, चैत ३ गते । साउदी अरबमा डेढ दशकदेखि बस्दै आएका बुटवल उपमहानगरपालिका ११ का यमबहादुर गुरुङ (यम तमु) ले महिला राष्ट्रिय फुटबल टोलीलाई १० लाख रुपियाँ प्रदान गर्नुभएको छ । 

साउदी अरेबियामा फागुन १६ गते भएको वाफ च्याम्पियनसिपको फाइनलमा हेर्न पुगेका तमुले खेलाडीको उच्च प्रदर्शनबाट प्रभावित भएकोले महिला टोलीलाई १० लाख रुपियाँ प्रदान गर्नुभएको हो । नेपाली महिला टोलीमा २३ खेलाडी रहेका छन् । जोर्डनसँगको फाइनलमा नेपाल पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित भएको थियो । निर्धारित समयको २–२ गोलको बराबरी भएको थियो । 

त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो । विगत १५ वर्षदेखि साउदीमा रहनुभएका गुरुङले पाँच वर्षदेखि साउदीको रियादमा लालीगुराँस नेपाली रेष्टुरेन्ट सञ्चालन गर्दै आउनुभएको छ ।