• १५ वैशाख २०८१, शनिबार

मैत्रीपूर्ण खेलमा स्पेन र ब्राजिलको बराबरी

blog

मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दै स्पेन र ब्राजिलका खेलाडी । तस्बिर : एपी/रासस

काठमाडौँ, चैत १४ गते । स्पेन र ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ३–३ गोलको  बराबरी खेलेका छन् । स्पेनको म्याड्रिडमा मङ्गलबार राति भएको खेलमा घरेलु टोली स्पेनका लागि रोड्रीले दुई तथा ड्यानी ओल्मोले एक गोल गर्नुभयो । 

ब्राजिलका रोड्रिगो, एन्ड्रिक र लुकास पाक्वेटाले  गोल गर्नुभएको थियो । ब्राजिलले इन्जुरी समयमा गोल गर्दै हार जोगाएको हो । यस्तै मङ्गलबार राति नै भएको मैत्रीपूर्ण खेलमा इङ्गल्यान्ड र बेल्जियमले २–२ गोलको बराबरी खेलेका छन् । घरेलु मैदान वेम्बली स्टेडियममा इङ्गल्यान्डका लागि टोनी इभान र बेलिङ्घमले गोल गर्नुभयो । बेल्जियमका लागि दुवै गोल युरी टेलिम्यान्सले गर्नुभएको थियो । 

यस्तै अर्को खेलमा जर्मनीले नेदरल्यान्ड्सलाई २–१ गोलले हराएको छ । पुनरागमन जित निकालेको जर्मनीका लागि म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्क्रगले गोल गर्नुभयो । नेदरल्यान्ड्सका लागि जोए भिरमानले गोल गर्नुभयो । 

अर्को खेलमा घरेलु टोली फ्रान्सले फ्रान्सले चिलीमाथि ३–२ गोलको रोमाञ्चक जित निकालेको छ । फ्रान्सलाई जिताउन युसोफ फोफाना, रान्डल कोलो मुएनी र ओलिभर जिरुडले गोल गर्नुभयो । चिलीका मार्सेलिनो नुनेज र डारियो ओसोरियोले गोल फर्काउनुभयो । 

अर्को खेलमा पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० गोलले पराजित भयो । स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गर्नुभयो । एजेन्सी