• २२ वैशाख २०८१, शनिबार

आर्सनल शीर्षस्थानमा

blog

गोल गरेपछि आर्सनलका खेलाडी ।

काठमाडौँ, चैत २२ गते । आर्सनल इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा लुटन टाउनलाई २-० गोलले हराउँदै आर्सनलले शीर्षस्थान कब्जा गरेको हो ।

आर्सनललाई जिताउन कप्तान मार्टिन ओडेगार्ड २४औँ मिनेटमा एक गोल गर्नुभयो । आर्सनलले अर्को गोल पहिलो हाफको अन्तिममा लुटनका डाइकी हाशिओबाट आत्मघाती उपहार पाएको थियो ।

जितसँगै आर्सनलले ३० खेलमा ६८ अङ्क बनाएको छ । दोस्रो स्थानमा हरेको लिभरपुलको ६७ अङ्क छ । पराजित लुटन २२ अङ्कसहित १८औँ स्थानमा छ । 

तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको पनि समान ६७ अङ्क छ । बुधबार राति नै भएको खेलमा सिटीले एस्टन भिल्लालाई ४-१ गोलले हराएको हो । एजेन्सी