कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
कोपा अमेरिका कपको उपाधि अर्जेन्टिनाले जितेको छ । अमेरिकाको मियामीस्थित हार्ड रक स्टेडियममा भएको फाइनल खेलको १११ मिनेटमा अर्जेन्टिनाले कोलम्यिबाविरुद्ध गरेको गोल अर्जेन्टिनाको जितका लागि निर्णायक भएको हो ।
इङ्ग्ल्यान्ड र स्पेनबिच बराबरीको टक्कर
इङ्ग्ल्यान्डको फुटबल टिम ५८ वर्षपछि प्रमुख फुटबल उपाधि जित्ने दाउमा छ । इङ्ग्ल्यान्डले आइतबार राति स्पेनविरुद्ध युरो च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त गर्दै छ । स्पेन भने कीर्तिमान चौथो
ताप्लेजुङ गोल्डकप भदौ ३ देखि
यसवर्षको ताप्लेजुङ गोल्डकप–२०८१ आगामी भदौ ३ गतेदेखि आयोजना हुने भएको छ । लाखेजात्राको अवसरमा खेलाइने दोस्रो संस्करणको ताप्लेजुङ गोल्डकप भदौ ३ देखि १० गतेसम्म आयोजना हुने भएको हो ।
साफ गेमको तालिका परिवर्तन
नेपालमा आयोजना हुने दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन गरिएको छ । साफका अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै तालिका परिवर्तन गरिएको हो ।
खोटाङलाई पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा
खोटाङमा जारी कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगितामा ताप्लेजुङ सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको खेलमा आयोजक खोटाङलाई ४–० गोल अन्तरले पराजित गर्दै ताप्लेजुङ सेमिफाइनलमा पुगेको हो।
नेदरल्यान्ड्सले रोमानियालाई हल्का रूपमा नलिने
युरोपेली च्याम्पियनसिपमा मङ्गलबार रोमानियाविरुद्ध खेल्दा नेदरल्यान्ड्सलाई विगतमा जस्तोदाबेदार मानिएको छैन । परम्परागत रूपमा युरोपेली फुटबलमा रोमानियाभन्दा नेदरल्यान्ड्स धेरै माथि छ । सन् १९९० पछि नेदरल्यान्ड्सले रोमानियासँग हारेको पनि छैन । यी दुई टिमबिच अहिलेसम्म १४ पटक आमनेसामने हुँदा नेदरल्यान्ड्सले रोमानियालाई १० पटक हराएको छ । यस क्रममा नेदरल्यान्ड्सले २९ गोल गरेको छ । रोमानियाबाट मात्र तीन गोल आएको छ । पछिल्लो पटक सन् २००७ मा भएको युरोपेली च्याम्पियनसिपको छनोट चरणमा रोमानियाले नेदरल्यान्ड्सलाई हराएको थियो । यद्यपि यी दुईबिच मङ्गलबार हुने भिडन्तलाई बराबरीको टक्कर मानिएको छ । रोमानिया युरोको नकआउटमा पुगेको यो मात्र दोस्रो पटक हो । सन् २००० मा रोमानियाले क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो । नेदररल्यान्ड्स सन् १९८८ को विजेता हो ।
दुई हेभिवेट टिम फ्रान्स र बेल्जियम भिड्दै
युरोपेली च्याम्पियनसिप–२०२४ को प्रिक्वाटरफाइनलमै दुई उपाधि दाबेदार फ्रान्स र बेल्जियमको सामना हुँदै छ । यी दुई छिमेकी राष्ट्र विश्वका दुई हेभिवेट फुटबल टिम हुन् । फिफा फुटबल वरीयतामा फ्रान्स दोस्रो र बेल्जियम तेस्रो स्थानमा छन् । यद्यपि यी दुवै टिमले चालु प्रतियोगितामा आफ्नो स्वाभाविक प्रदर्शन गर्न सकेका छैनन् । फ्रान्सका कप्तान तथा प्रमुख स्ट्राइकर किलियन एमबापेले पनि एक गोल मात्र गर्नुभएको छ । त्यो पनि पोल्यान्डविरुद्ध उहाँले पेनाल्टीमा सफलता पाउनुभएको थियो । कतारमा भएको विश्वकपमा आठ गोलसहित गोल्डेन बुट जित्ने एमबापेले युरोमा त्यही लय देखाउन सक्नुभएको छैन । यस प्रतियोगितामा फ्रान्सको अग्रपङ्क्तिमा खेल्ने शैलीलाई लिएर पनि आलोचना भइरहेको छ ।
दाबेदार स्पेनलाई नवप्रवेशी जर्जियाको चुनौती
समूह चरणमा तीनै खेल जितेपछि स्पेनलाई युरोपेली च्याम्पियनसिप–२०२४ को प्रमुख उपाधि दाबेदार मानिएको छ । आफ्नो यस छविलाई कायम राख्न क्वाटरफाइनलमा पुग्न स्पनेले आइतबार नवप्रवेशी जर्जियाको सामना गर्ने छ । जर्जिया समूह चरणको अन्तिम खेलमा पोर्चुगल जस्तो ठुलो टिमलाई हराएर नकआउटमा पुगेको हो । जर्जिया स्पेनविरुद्धको खेलमा अर्को स्तब्धकारी नतिजा निकाल्ने आशामा छ । यद्यपि समूह चरणमा गत विजेता इटालीलाई पनि हराएको स्पेनले प्रिक्वाटरफाइनलमा सहज प्रतिद्वन्द्वी पाएको छभन्दा फरक पर्दैन । गत वर्ष स्पेनले छनोट चरणमा जर्जियालाई दुई पटक सजिलै हराएको थियो । एक खेलमा स्पेनले जर्जियालाई ७–१ ले हराएर अपमानित गरेको थियो । जुन खेलमा गोल गरेर स्पेनका लामिने यमाल युरो छनोटमा सबभन्दा कान्छो गोलकर्ता बन्नुभएको थियो ।
जर्मनीलाई नकआउटको डर
युरोपेली च्याम्पियनसिप–२०२४ अन्तर्गत शनिबारदेखि नकआउट चरण सुरु हुने छ । नकआउट चरणको पहिलो दिन आयोजक जर्मनी र डेनमार्कबिच तथा इटाली र स्विट्जरल्यान्डबिच भिडन्त हुने छ । नकआउट चरणमा जर्मनी र डेनमार्कबिचको खेल दुई अपराजित टिमबिचको एक मात्र भिडन्त हो । स्कटल्यान्ड र हङ्गेरीलाई हराउनुका साथै स्विट्जरल्यान्डविरुद्ध बराबरीमा खेली जर्मनी समूह ‘ए’ विजेता बनेको थियो । डेनमार्क भने स्लोभेनिया, इङ्ग्ल्यान्ड र सर्भियासँग बराबरीमा खेलेर नकआउटमा पुगेको हो ।
खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार : अध्यक्ष दाहाल
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले खेलकुद क्षेत्रको विकास राष्ट्र विकासको महत्त्वपूर्ण आधार भएको बताउनुभयो ।
‘बलिङलाई ब्याटिङ र फिल्डिङको साथ भएन’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आइसिसी टी–२० विश्वकपमा ब्याटिङ र फिल्डिङमा अपेक्षाकृत प्रदर्शन नहुँदा जितको नजिक पुगेर पनि हार बेहोर्नु परेको बताउनुभएको छ । टी–२० विश्वकपमा सहभागी भई स्वदेश फर्किएपछि बिहीबार आयोजित पत्रकार सम्मेलनमा कप्तान पौडेलले बलिङ राम्रो भए पनि ब्याटिङ र फिल्डिङले साथ दिन नसकेको बताउनुभयो । आइसिसी विश्वकपमा नेपाल समूह ‘डी’ मा दक्षिण अफ्रिका र बङ्गलादेशसँग जितको नजिक पुगेर ब्याटिङ र फिल्डिङमा पनि निराश बनेको थियो । श्रीलङ्कासँगको खेल वर्षाले अनिर्णीत हुँदा नेपालले एक अङ्क जोडेको थियो । उहाँले दक्षिण अफ्रिका र बङ्गलादेश जस्ता ठुला टिमविरुद्ध मौका मिलेर पनि जित हासिल गर्न नसक्दा समर्थकलाई पीडा भएको अनुभव आफूले गरेको बताउनुभयो ।
स्काउट समयसापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समयसापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ । बुधबार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी
जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मङ्गलबार यस वर्षको पेरिस ओलम्पिकमा अत्यधिक तापक्रमको खतरा रहने चेतावनी दिएको छ ।
वडास्तरीय पुरुष भलिबलको उपाधि रम्भा–१ लाई
जिल्लाको रामपुर नगरपालिका–४, मा भएको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रम्भा गाउँपालिका–१ ले जितेको छ । सोमबार भएको फाइनल खेलमा रामपुर नगरपालिका–१० लाई ३–१ सेटले हराउँदै उपाधि जित्न सफल भएको हो ।
आजदेखि युरो फुटबल ‘फिभर’
विश्वकपपछिको बहुप्रतीक्षित फुटबल मेला मानिने युरोपियन फुटबल प्रतियोगिता शुक्रबार अबेर राति जर्मनीमा सुरु हुँदै छ । आयोजक जर्मनीले स्कटल्यान्डसँगको खेललगत्तै युरो कप प्रारम्भ हुने छ । विश्वकपपछि यो फुटबलको सबभन्दा ठुलो मेला हो तर फुटबल विशेषज्ञहरू युरोपेली प्रतियोगितालाई विश्वकपभन्दा पनि प्राविधिक रूपमा उच्चस्तरको मान्छन् । युरोपेली टिमको खेलस्तर अन्य महादेशको भन्दा उच्च भएकाले यस्तो मानिएको हो । त्यसैले छनोट प्रतियोगितादेखि नै युरोपेली फुटबलको चर्चा हुने गर्दछ ।
तोकिएकै मितिमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन्छ : मन्त्री श्रेष्ठ
आगामी मङ्सिरमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल पूर्वाधारको स्थिति बुझ्न युवा तथा खेलकुद मन्त्रालयको टोली सुर्खेत आइपुगेको छ ।
फुटबल खेलाडी प्रीति राई नगदसहित सम्मानित
राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी प्रीति राई नगदसहित सम्मानित हुनुभएको छ । शनिबार किराँत राई यायोक्खा सुनसरिले आयोजना गरेको उभौली साकेलाको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रममा खेलाडी राई नगदसहित सम्मानित हुनुभएको हो ।
नेपाल युएईसँग पराजित
फिफा विश्वकप २०२६ छनोटअन्तर्गत दोस्रो चरणको आज भएको खेलमा संयुक्त अरब इमिरेट्स [युएई]ले नेपालविरुद्ध शानदार जित हासिल गरेको छ । साउदी अरेबियाको प्रिन्स मोहम्मद विन रङ्गशालामा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोलअन्तरले पराजित गरेको हो ।
रामसीता मन्दिरलाई ब्रदर्स कपको उपाधि
प्रथम ब्रदर्स कपको उपाधि रामसीता मन्दिरले उचालेको छ । ब्रदर्स युथ सोसाइटी क्लब तम्घासको आयोजनामा सञ्चालित प्रथम ब्रदर्स कप राष्ट्रियस्तरको खुल्ला पुरुष फूटबल प्रतियोगितामा उपाधि प्राप्तिका लागि कोब्रा ग्रूप तम्घास र रामसीता मन्दिर गौंडाकोटबीच प्रतिस्पर्धा भएको हो ।
एफसी संघारी र न्यू दर्पण सेमिफाइनलमा प्रवेश
एफसी संघारी नेपालगन्ज र न्यू दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
विश्वकप छनोट खेल्न नेपाली खेलाडी प्रस्थान
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले विश्वकप छनोट दोस्रो चरण अन्तर्गत फुटबल खेल्न जाने नेपाली राष्ट्रिय टिमलाई आइतबार बिदाइ गरेको छ । नेपाली टिमले युएई र यमनसँग खेल्ने छ । नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरेबियाको दमाममा खेल्दै छ । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङका अनुसार युएईसँगको खेल त्रिपुरेश्वस्थित दशरथ रङ्गशालामा हुने तय गरिएको भए पनि प्राविधिक कारणले हुन सकेन । एएफसी (एसियाली फुटबल महासङ्घ) ले दशरथ रङ्गशाला विश्वकप छनोटका खेल सञ्चालन गर्न अयोग्य ठहर गरेपछि नेपालले युएईविरुद्धको ‘होम म्याच’ ६ जुनमा साउदी अरबको दमाममा खेल्ने तय भएको थियो । अध्यक्ष नेम्वाङले नेपाली खेलाडीले देशको प्रतिनिधित्व गर्दै राम्ररी खेली अङ्क बटुल्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
एफसी संघारी सेमिफाइनलमा प्रवेश
एफसी संघारी नेपालगन्ज बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रदेश गरेको छ ।
खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार आवश्यक : सांसद गर्बुजा
प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकासका लागि व्यवस्थित पूर्वाधार संरचना आवश्यक रहेको बताउनुभएको छ ।
युनाइटेडले चुम्यो एफए कप उपाधि
युनाइटेडले सिटीसँग अघिल्लो वर्षको हारको बदला समेत लिएको छ । गत वर्ष युनाइटेडलाई २-१ गोलले नै हराउँदै सिटीले यस उपाधि उचालेको थियो ।