नवलपुर जिल्ला लिग फुटबल सुरु
नवलपुर जिल्ला लिग फुटबल प्रतियोगिता सोमबारदेखि सुरु भएको छ । जिल्ला सदरमुकाम कावासोतीको वडा नं. १२ राजमन्दिरको मैदानमा सुरु भएको प्रतियोगिता जेठ १८ गतेसम्म चल्ने छ ।
सिटीलाई लगातार चौथो पटक प्रिमियर लिग उपाधि
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा वेस्टहाम युनाइटेडलाई ३–१ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो ।
वडाध्यक्षलाई विद्यार्थीको प्रश्न : खेल्ने सामग्री कसले दिन्छ ?
“हाम्रो विद्यालयमा केटीहरुलाई खेल्ने सामग्री छैन । कसले दिन्छ वडाध्यक्षज्यू” यो प्रश्न कक्षा ९ की विद्यार्थी क्रिष्टिना खड्काले काठमाडौँ महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसीसमक्ष गरेकी हुन् ।
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई
गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्रागिरि नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौँ महानगर विजेता बनेको हो ।
चन्द्रागिरी र काठमाडौँ गोदावरी मेयर कपको फाइनलमा
चन्द्रागिरी नगरपालिका र काठमाडौँ महानगरपालिका गोदावरी नगरपालिकाको आयोजनामा जारी प्रथम उपत्यका ब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
भारतीय कप्तान सुनिलको अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा
भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने घोषणा गर्नुभएको छ ।
युभेन्ट्सलाई कोपा इटालिया उपाधि
ओलम्पिको रङ्गशालामा बुधबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली एटलान्टलाई १–० गोलले हराउँदै उपाधि जितेको हो ।
टोट्टनहामलाई हराउँदै सिटी शीर्षस्थानमा
साविक विजेता सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ ।
विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
१६औँ संस्करणको शहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितेको छ ।
समयलाई चिन्न सके सही गन्तव्यमा पुग्न सकिन्छ : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेलकुद मात्र नभई हरेक ठाउँमा समयलाई चिनेर दौडिएमा मात्र सही गन्तव्यमा पुग्न सकिने बताउनुभएको छ ।
‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्दै मल्ल
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विकास मल्लले एसियाली फुटबल महासङ्घ (एएफसी) को कार्यक्रमअनुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्न लाग्नुभएको छ ।
रियल च्याम्पियन्स लिगको फाइनलमा
रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियलले बायर्न म्युनिखलाई २–१ गोलले हराउँदै रियल फाइनलमा पुगेको हो ।
पीएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा
बलियो प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै वोरुसिया डर्टमन्ट युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
इङ्ग्ल्यान्ड ‘सी’ सँग नेपाल पराजित
नेपाल र इङ्ग्ल्यान्ड ‘सी’ बिच भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको छ । अल्डरसटस्थित इबिबी रङ्गशालामा सोमबार भएको खेलको सुरुवाती समयमा सम्हालिन नसक्दा नेपालले हार बेहोर्न परेको हो । इङ्ग्ल्यान्डको अल्डरसट टाउन फुटबल क्लब एफए र नेपाली समुदायको सहयोगमा सो खेल भएको थियो ।
नेपाल इङ्ल्यान्ड ‘सी’ सँग पराजित
अल्सडरसट टाउन फुटबल क्लबको घरेलु मैदान इबिबी रङ्गशालामा सोमबार राति भएको खेलमा नेपाल इङ्ल्यान्ड ‘सी’ सँग २-० गोलले पराजित भएको हो ।
अत्याधुनिक हुँदै मूलपानी क्रिकेट रङ्गशाला
राष्ट्रिय गौरवको आयोजनामा परेको मूलपानी क्रिकेट रङ्गशालाको डिजाइन सोमबार युवा तथा खेलकुद मन्त्रालयमा प्रस्तुत गरिएको छ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतको उपस्थितिमा मूलपानी रङ्गशालाको डिजाइन र संरचना पुल्चोक इन्जिनियरिङ कलेजले प्रस्तुत गरेको हो ।
भीमनारायण कपमा एपिएफको विजयी सुरुवात
विभागीय टोली एपिएफ क्लबले १६औँ संस्करणको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
इङ्ल्यान्ड ‘सी’ सँग प्रतिस्पर्धा गर्दै नेपाल
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार (सोमबार) राति इङ्ल्यान्ड ‘सी’ टोली सँग प्रतिस्पर्धा गर्दैछ ।
बार्सिलोनाको हारले रियल च्याम्पियन
बलियो टोली बार्सिलोना जिरोनासँग पराजित भएपछि स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ ।
ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकियो नेपाल
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पहिलो मैत्रीपूर्ण खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएका छ ।
काठमाडौँ महानगरपालिका प्रमुख शाहबाट खेलाडीलाई प्रोत्साहन
उपत्यका व्यापी अन्तरपालिका मेयर कप फुटबल प्रतियोगितामा बुधबार काठमाडौँ महानगरपालिका र बुढानीलकण्ठ नगरपालिकाबिच फुटबल प्रतिस्पर्धा हुँदैछ ।
गोदावरी मेयर कपमा कीर्तिपुरको सानदार जित
कीर्तिपुर नगरपालिका गोदावरीमा जारी प्रथम उपत्यका व्यापी अन्तर पालिका खुला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्वीकृति नलिएका १५ फुटबल पदाधिकारी बेलायत जान नपाउने
बेलायतमा हुने दुई मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको खेलाडी तथा अफिसियलको भिसा नआएको विषयमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको उपस्थितिमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिवसँग मङ्गलबार छलफल गर्नुभएको छ ।
इङ्गल्यान्ड ‘सी’ विरुद्ध खेल्ने नेपाली टोलीको घोषणा
इङ्गल्यान्ड ‘सी’ विरुद्ध खेल्ने मैत्रीपूर्ण फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।