• ११ वैशाख २०८१, मङ्गलबार

केपी ओली कप : मानेभञ्ज्याङ सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै मानेभञ्ज्याङ र दिल्ली एफसीका खेलाडी ।

काठमाडौँ, फागुन १४ गते । भारतीय टोली मानेभञ्ज्याङ एफसी केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार भएको खेलमा मानेभञ्ज्याङले भारतकै आईलिग टोली दिल्ली एफसीलाई ३–१ गोलले हरायो । 

मानेभञ्ज्याङका जितमा एनिसेट जिनएमबोउमी, शोखरुख र साभिली एब्रामोभले गोल गर्नुभयो । दिल्लीका लागि आर्यन अम्लाले एक गोल गर्नुभयो । सेमिफाइनलमा मानेभन्ज्याङले मच्छिन्द्र र नेपाल पुलिस क्लबबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।