• ३ जेठ २०८३, आइतबार

न्याउली खोलामा मोटरेबल पुल उदघाट्न

blog

उत्तरी गोरखाको धार्चे गाउँपालिका-७, न्याउली खोलामा उदघाट्न गरिएको मोटरेबल पुल । तस्बिर : राज गोर्खाली

गुणबहादुर रोका 

सुलीकोट, जेठ ३ गते । उत्तरी गोरखाको आरुघाट-माछीखोला-लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका-७, न्याउली खोलामा निर्माण सम्पन्न मोटरेबल पुल उद्धघाटन गरिएको छ ।

गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत विनियोजित बजेटबाट पूर्वाधार विकास कार्यालय गोरखा मार्फत उत्तरी गोरखा जोड्ने मुख्य स्थल न्याउली खोलामा पुलको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले आइतबार बिहान ८ बजे एक कार्यक्रम बिच उदघाटन गर्नु भएको हो । 

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पुल निर्माणसँगै उत्तरी गोरखा पुग्ने स्थानीय तथा आन्तरिक तथा बाह्रय पर्यटकलाई १२ महिना सवारी साधन आवतजावतमा सहज हुनुका साथै उत्तरी गोरखाको आर्थिक तथा पर्यटन विकासमा समेत टेवा पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

उत्तरी गोरखा पुग्ने जोह कोहिलाई पनि बर्खाको बेलामा खोला तर्न जोखिम मोलेर यात्रा गर्नु पर्ने बाध्यता थियो, अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, गाउँपालिका र पूर्वाधार कार्यालय गोरखाले निर्माण कम्पनीलाई काम अघि बढाउन ताकेता गरेपछि निर्माण कम्पनीले समयमै काम सम्पन्न गरेको छ ।’

पुल निर्माण सम्पन्न भएपछि १२ महिना सवारी साधन आवतजावतमा दुरी छोटिएर सहज हुनुका साथै उत्तरी गोरखाबासीलाई चर्को भाडा तिरेर खाद्यान्न लगाएतका सामानहरू ढुवानी गर्नुपर्ने अवस्था अन्त्य भएको धार्चे गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो । 

न्याउली खोला पुल निर्माणको लागि २०७९ साल साउन २३ गते सुर्योदय कन्ट्रक्सन कम्पनी प्रालि सँग ४ करोड ३४ लाख ७५ हजार ३५९ रुपियाँ लागतामा ठेक्का सम्झौता भएको थियो । 

पुल निर्माण सम्पन्न भने २०८१ साउन २२ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भएता पनि निर्माण कम्पनीले विविध कारण देखाउँदै पुल निर्माणमा ढिलाइ गरेपछि कार्यालयले २०८३ साउन २२ गतेसम्म म्याद थपिएदिएपछि निर्माण कम्पनीले ३ महिना अघि नै निर्माण सम्पन्न गरेको पूर्वाधार कार्याल गोरखाका कार्यालय प्रमुख सन्तोष अर्यालले बताउनुभयो । 

न्याउली खोलामा मोटरेबल पुल निर्माण समपन्न भएपछि उत्तरी गोरखाबासी र आन्तरिक तथा बाह्रय पर्यटकलाई सहज यात्रा र पुल निर्माणले व्यावार व्यवसायमा वृद्धि हुनुका साथै आर्यआर्जनमा टेवा पुग्ने विश्वास छ ।