• १३ असोज २०८१, आइतबार

केपी ओली कप : जावलाखेल सेमिफाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै खेलाडी ।

काठमाडौँ, फागुन १५ गते । आयोजक केपी ओली एफसीलाई हराउँदै जावलाखेल यूथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा मङ्गलबार भएको खेलमा जावलाखेलले केपी ओली एफसीलाई २–१ गोलले हरायो । जावलाखेललाई जित दिलाउन नीराजन धामी र निरज चौधरीले गोल गर्नुभयो । 

केपी ओली एफसीका लागि पेपे एडमा डोम्बियाले एक गोल फर्काउनुभयो । जावलाखेलले सेमिफाइनलमा न्युरोड टिम (एनआरटी) सँग प्रतिस्पर्धा गर्नेछ । एनआरटीले थ्री स्टार क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।