• १६ वैशाख २०८१, आइतबार

धरानले जित्यो चाँगे माछापोखरी गोल्डकप उपाधि

blog

ट्रफीका साथ उपाधि विजेता मरिक फुटबल क्लब धरानका खेलाडी । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक 

ताप्लेजुङ, चैत ११ गते । आइतबार भएको फाइनलमा डाँडाबजार धनकुटालाई पराजित गर्दै मरिक फुटबल क्लब धरानले आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । डाँडाबजार धनकुटालाई २–० गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो ।

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेमा सञ्चालित पुरुष फुटबल प्रतियोगिताको उपाधि जितसँगै मरिक फुटबल क्लबले दुई लाख रुपियाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको डाँडाबजार धनकुटाले एकलाख २० हजार रुपियाँ साथै मेडल र प्रमाणपत्रमा चित्त बुझाउनुप¥यो ।

उपाधि बिजेतालाई आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमूले ट्रफी र पुरस्कार वितरण गर्नुभएको थियो । सेमिफाइनलमा धरानले जिल्ला फुटबल सङ्घ संखुवासभालाई र डाँडाबजारले आठराई गाउँपालिका तेह्रथुमलाई पराजित गर्दै फाइनल पुगेका थिए । 

चाँगेको माछापोखरी हिटी क्लबको आयोजनामा चैत ५ गते सोमबारदेखि सुरु भएको प्रतियोगितामा धरान, धनकुटा, संखुवासभा, तेह्रथुमको दुई र स्थानीय तीनसमेत आठ टोली सहभागी भएका थिए ।

प्रथम पुरस्कार राशी आठराई त्रिबेणी गाउँपालिका र दोस्रो सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले प्रायोजन गरेको हो । ग्रामीण क्षेत्रबाट खेलकुद प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक माछापोखरी हिटी क्लबले जनाएको छ ।