• १ भदौ २०८१, शनिबार

पिएसजीको विजयी सुरुवात

blog

गोल गरेपछि खुसी मनाउँदै पिएसजीका खेलाडी ।

काठमाडौँ, भदौ १ गते । साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको नयाँ सिजनको पहिलो खेलमा पिएसजीले ले हाभ्रेलाई ४–१ गोलले हरायो । 

ले हाभ्रेको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ले काङले तेस्रो, ओसमाने डेम्बेलेले ८४औँ, ब्रेड्ली बार्कोलाले ८६औँ र कोलो मुनाइले ९०औँ मिनेटमा गोल गर्नुभयो । ले हाभ्रेका लागि गौटियर लोरिसले ४८औँ मिनेटमा सान्त्वाना गोल गर्नुभएको थियो । 

यसैगरी इङ्लिस प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको सिजनको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई १–० गोलले हराएको छ । घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा युनाइटेडलाई जिताउन जोसुवा जिकर्जीले८७औँ मिनेटमा गोल गर्नुभयो । एजेन्सी