मनाङको नार्पाभूमिमा एमालेका लामा निर्विरोध
लम्जुङ, वैशाख १३ गते । मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार मिङमर फुन्चो लामा निर्विरोध हुनुभएको छ । लामाको एकल उम्मेदवारी परेसँगै निर्विरोध निर्वाचित हुनुभएको हो ।उपाध्यक्षमा कुनै पाटी र स्वतन्त्रले उम्मेदवारी दिएका छैनन् । एमालेका लामाको मात्रै एकल उम्मेदवारी परेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले नार्पाभूमिमा टेलिफोन सम्पर्क नभएको र निर्वाचन आयोगबाट लिइएको तथ्याङ्क अनुसार उपाध्यक्षमा १ जनाको मात्रै उम्मेदवारी परेको उहाँले बताउनुभयो । निर्विरोध लामा यसअघि वडा नम्बर २ को अध्यक्ष हुनुहुन्थ्यो । एमालेले उहाँलाई अध्यक्षमा उठाउने निर्णय गरे पनि पछि उपाध्यक्षमा मनोनयन दर्ता गराउनुभएको थियो । अध्यक्षमा काँग्रेसबाट हालका अध्यक्ष कोन्जो तेन्जिन लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेदवारी दिनुभएको छ । कृष्णबहादुर लामाले काँग्रेसमा बागी उम्मेदवारी दिनुभएको छ । वडा नम्बर १ मा काँग्रेसका फुर्वा ठेले लामा निर्विरोध भएका छन् । नेकपा एमाले समर्थित तर स्वतन्त्रबाट उम्मेदवारी दिएका वडा नम्बर ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेजे लामा निर्विरोध भएका छन् । वडा नम्बर २ र ३ मा एमाले र स्वतन्त्र उम्मेदवारले वडाअध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
एक लाख ३७ हजारको मनोनयन दर्ता
स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा एक लाख ३७ हजार ४३ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ७ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कानुसार पालिकाको प्रमुखमा तीन हजार २७६ र उपप्रमुखमा दुई हजार नौ जनाको मनोनयन दर्ता भएको छ ।
उत्साहजनक रूपमा उम्मेदवारी दर्ता
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको दोस्रो दिन बागमती प्रदेशका विभिन्न जिल्लामा ठूला दलहरूले -याली र बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
२४ वर्षीया अनिताले दिनुभयाे उपाध्यक्षको उम्मेद्वारी
शिवराज ढुङ्गाना अछाम, वैशाख १३ गते । चौरपाटी गाउँपालिकामा २४ वर्षीया अनिता खड्काले कान्छी उपाध्यक्षका रुपमा उम्मेद्वारी दर्ता गर्नुभएको छ । सोमबार अनिताले नेकपा (एमाले) बाट चौरपाटी गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेद्वारी दिनुभएको छ । चौरपाटी गाउँपालिका–५ लुङग्रा निवासी अनिताले समाजको आवश्यकता र सामाजप्रति आफ्ना सामुहिक परिकल्पनाले उम्मेद्वारी दिएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि र महिला हिंसामा ठूलाे समस्या देख्नुभएकी अनिताले आफू निर्वाचितपछि स्थानीयवासीकै सहयोगमा नीति, कानुन बनाएर समाधानमा जाने भनाइ राख्नुभयो । “आफ्नो गाउँ-ठाउँलाई सुन्दर र विकसित बनाउन मेरा केही सपना र सङ्कल्प छन्, तिनलाई पूरा गर्न मेरो उम्मेद्वारी हो ।” आफ्नो उम्मेद्वारीको पुष्ट्याइँ अनिताको छ । “गाउँघरमै हुर्केकीले म यहाँका समस्यामा भिजेकी छु, ती समस्यालाई सामूहिक समाधानका लागि अधिकतम प्रयास गर्नेछु ।” अनिताले भन्नुभयो ।श्रीकोटमा रहेको त्रिपुरासुन्दरी क्याम्पसमा स्नातक अध्ययन गरिरहेकी अनिता युवाको प्रतिनिधित्वमा आएको बताउनुभयो । “बुढापाकाले मात्रै समाज सेवा गर्ने हैन, युवाले पनि सार्वजनिक संस्था हाक्न सक्छन् भनेर उदाहरणका लागि साहस गरेकी छु ।” सडक, खानेपानी, सिचाइँ, कृषि उत्पादनका समस्या र सामाजिक कुरीतिका विरुद्धमा गाउँवासीसँगै अगुवा भएर लड्ने अनिताको भनाइ छ । आफूलाई उम्मेद्वारीमा उत्साहभन्दा पनि गाउँका समस्याले पिरोलेको त्यसका समाधानका लागि बाटो खोजिरहेको बताउनुभयो । परिवार नै राजनीतिमा रहेकोले अप्रत्यक्ष प्रेरणाले यस क्षेत्रमा क्रियाशील रहेको भनाइ अनिताको छ । “म एक्कासि राजनीतिमा आएकी हैन, गाउँका हरेक छलफल, बैठकमा गएर कुरा राख्ने गर्थे, त्यसैले मलाई सहयोग भइरहेको छ ।” युवा सङ्घको केन्द्रीय सदस्य रहेकी अनिताले भन्नुभयो । गाउँपालिका विकसित र समृद्ध बनाउन आफू पदमा रहे÷नरहे पनि क्रियाशील भइरहने भनाइ छ । यता रुपन्देहीको सिद्धार्थनगरमा नेकपा (एमाले) ले कान्छी उम्मेदवारलाई वडा सदस्यमा मनोनयन गराउनुभएकाे छ । नगरको वडा नम्बर ६ मा २१ वर्षीया श्वेताकुमारी हरिजनले महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँ अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ ।
दोहोरिन पाएका भाग्यमानी
आगामी वैशाख ३० गते तय भएको स्थानीय निर्वाचनका लागि सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । ७५३ स्थानीय तहअन्तर्गत ३५ हजार २२१ पदका लागि सत्तारूढ पाँच दलीय गठबन्धन, नेपाल कम्युनिस्ट पार्टी (एमाले) तथा अन्य साना दल र स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
रुपन्देहीमा २१ वर्षीया श्वेता वडा सदस्यका उम्मेदवार
कपिल ज्ञवालीसिद्धार्थनगर,बैसाख १३ गते । रुपन्देहीको सिद्धार्थनगरमा नेकपा (एमाले) ले कान्छी उम्मेदवारलाई वडा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नगरको वडा नम्बर ६ मा २१ वर्षीया श्वेताकुमारी हरिजनले महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।उहाँ अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । अब युवा पनि जनप्रतिनिधिको रुपमा आउनुपर्ने आवश्यकता छ उहाँ ले भन्नुभयो, । सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा राम दयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो ।काँग्रेसको तर्फबाट प्रमुखमा संविधान सभा सदस्य इस्तियाक अहमद खाँ र उपप्रमुखमा पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
स्थानीय तह निर्वाचन : आठ जिल्लामा गठबन्धन
स्थानीय तहको निर्वाचनका लागि सोमबार राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार र सोमबार मनोनयन गर्ने दुई दिन भए पनि आवश्यक सहमतिका लागि भन्दै राजनीतिक दलहरूले सोमबार मात्रै उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । आइतबार केही स्वतन्त्र र साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्तामा अभूतपूर्व उत्साह
स्थानीय तह निर्वाचन २०७९ का लागि उम्मेदवारको मनोनयन पत्र दर्ता कार्य सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रकाशित गरेको निर्वाचन तालिका बमोजिम वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता भएको हो ।
शे-फोक्सुण्डोका प्रमुख एमालेबाट निर्वाचित भएका हुन्: मतदान अधिकृत
विष्णुप्रसाद देवकोटा डोल्पा, वैशाख १३ गते । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाका अध्यक्षमा मनोनयन गर्दा निर्विरोध हुनुभएका अध्यक्षका उम्मेदवार धावा सन्दु गुरुङ नेकपा (एमाले) पार्टीबाट निर्वाचित हुनुभएको मतदान अधिकृत घनश्याम घिमिरेले जानकारी दिनुभयो । गुरुङ निर्विरोध भएपछि नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीको तर्फबाट भन्दै दावी गरेका थिए । दुई वटा पार्टीबाट टिकट लिएको गलत प्रचार भए पनि निर्वाचन अधिकृतले भने एमालेकै तर्फबाट मनोनयन दर्ता गर्नुभएको स्पष्ट पारेको छ । सोमबार मनोनयन दर्ता गराएसँगै गुरुङ निर्विरोध अध्यक्षमा बन्नुभएको थियो । सोमबारसम्म स्थानीय तहको निर्वाचनका लागि एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगका अनुसार महानगरपालिका–उपमहानगरपालिका र नगरपालिकाका प्रमुख पदमा दुई हजार ७४४ र उपप्रमुख पदमा एक हजार ६९९ उम्मेदवारी परेको छ । गाउँपालिकाको अध्यक्षको पदमा दुई हजार ९४१, उपाध्यक्ष पदमा दुई हजार २३ र वडाअध्यक्ष पदमा २५ हजार ६४ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, महिला सदस्य पदमा १७ हजार ४६७, दलित महिला सदस्यमा १५ हजार ६९७ र सदस्यमा ३६ हजार ४८८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
अपडेटः देशभर ८२ हजार २१० जनाको उम्मेदवारी दर्ता
सोमबार राति ८ः३० बजेसम्म ८२ हजार २१० जनाले उम्मेदवारी दर्ता गराएको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।
वीरगञ्जको नगर प्रमुखमा १८ र उपप्रमुखमा चार जनाको उम्मेदवारी दर्ता
स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्नको लागि आइतबार र सोमबार भएको मनोनयन दर्तामा वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख पदमा १८ जनाले मनोनयन दर्ता गराउनु भएको छ।
देशभर ४७ हजार ६१७ जनाको उम्मेदवारी दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गरेका छन्।
इलाममा अधिकांश पुरानै अनुहार
स्थानीय तहको निर्वाचनका लागि इलामका १० वटा पालिकामा उत्साहजनक सोमबार मनोनयन दर्ता भएको छ।
गुल्मीका १२ स्थानीय तहमा मनोनयन दर्ता
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेद्वारले मनोनयन दर्ता गरेका छन्।
सिन्धुलीमा उत्साहजनक रुपमा मनोनयन दर्ता
सिन्धुली जिल्लामा स्थानीय तह निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरुले उत्साहजनक रुपमा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका छन् ।
भरियालाई लाग्यो चुनाव– ‘भोट हाल्न त जाने हो बाबु’
काठमाडौंको न्यूरोडमा भारीको खोजीमा नाम्लो बोकेर हिँड्दै गर्नुभएका ७३ वर्षीय ज्ञानबहादुर भण्डारीलाई पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रो स्थानीय तहको निर्वाचनले छोएको छ ।
दाङका १० पालिकामा मनोनयन दर्ता
गोकर्ण/लिलाधर घोराही, वैशाख १२ गते। स्थानीय तह निर्वाचनका लागि दाङका १० पालिकामा विभिन्न राजनीतिक दलका उम्मेद्वारले मनोनयन दर्ता गर्नुभएको छ। जिल्लामा सोमबार पाँच दलीय गठबन्धन, नेकपा (एमाले), राप्रपा, नेकपा माले, मङ्गोल नेशनल अर्गनाइजेशन, विवकेशील साझासहित स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको हो। जिल्लाका घोराही तुलसीपुर उपमहानगरपालिका, बंगलाचुुली गाउँपालिकामा मात्रै गठबन्धनबाट उम्मेदारी दिइएको छ। अन्य पालिकामा भने गठबन्धनबीचका दलको उम्मेदवारी मनोनयन गरिएको छ। घोराही उपमहानगरपालिकामा गठबन्धनबाट प्रमुखमा हेमराज शर्मा र उपप्रमुखमा भुपबहादुर डाँगीले उम्मेदवारी दर्ता गराउनुभएको छ। नेकपा (एमाले)बाट प्रमुखमा नरुलाल चौधरी र उपप्रमुखमा हुमाकुमारी डिसीले मनोनयन दर्ता गराउनुभएको छ। राप्रपाबाट नगरप्रमुखमा सरिता देवकोटा, मालेबाट नेत्रप्रकाश पाण्डे, स्वतन्त्रबाट श्रीमणकुमार शर्मा न्यौपानेले मनोनयन दर्ता गराउनुभएको छ। गठबन्धनमा भएको सहमति अनुसार प्रमुखमा माओवादीबाट शर्मा र उपप्रमुखमा नेपाली कांग्रेसबाट डाँगीले उम्मेदवारी दर्ता गर्नुभएको हो। उम्मेदवारी दर्ताका लागि घोराहीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयबाट शर्मा र डाँगी बाजागाजासहितको र्यालीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएको थियो। तुलसीपुरमा गठबन्धनबाट गिरी र एमालेबाट खड्काको उम्मेदवारीत्यसैगरी तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट गेहेन्द्र गिरी र उपप्रमुखमा जोगबहादुर रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ। नेपाली काँग्रेसका केन्द्रीय सदस्य गिरीले गठबन्धनका तर्फबाट तुलसीपुरको प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको हो। नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहनुभएका गिरी २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएको थियो। त्यसैगरी उपप्रमुखमा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रानाले उम्मेदवारी दर्ता गराउनुभएको छ। नेकपा एमालेका तर्फबाट तुलसीपुरको प्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको छ। बाजागाजा र र्यालीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर खड्का र चौधरीले उम्मेदवारी दर्ता गराउनुभएको हो। खड्का एमाले दाङका पूर्वअध्यक्ष तथा चौधरी सामाजिक अभियान्ता हुनुहुन्छ। लमही नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट जोगराज चौधरी र उपप्रमुखमा लक्ष्मी योगीले उम्मेदवारी दर्ता गराउनुभएको छ। सत्ता गठबन्धनमा सहमति नभएपछि गठबन्धनका दलले एक्लाएक्लै दर्ता गराएका हुन् । लमहीमा नेकपा एमालेबाट नगर प्रमुखमा डण्डीराम चौधरी उपप्रमुखमा सुशीला शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ। लमहीमा माओवादीका तर्फबाट वसन्त शर्माले र उपप्रमुख गङ्गा पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ। बबई गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षमा कुलबहादुर खत्री र उपाध्यक्षमा बमकुमारी खडका, दंगीशरणको अध्यक्षमा शम्भु गिरी उपाध्यक्षमा पिमाकुमारी खड्का, राप्तीको अध्यक्षमा जगदम्बाकुमारी चौधरी र उपाध्यक्षमा हरि भुसाल, गढवामा अध्यक्षमा सर्वजित डाँगी र उपाध्यक्षमा शारदा चौधरी, राजपुरमा अध्यक्षमा शरद बुढाथोकी र उपाध्यक्षमा धनपती यादवले उम्मेद्वारी दर्ता गराउनुभएको छ। जिल्लाका दुई गाउँपालिकामा गठबन्धनबाट उम्मेद्वारी परेको छ। शान्तिनगरमा नेपाली काँग्रेसबाट अध्यक्षमा प्रमोद बस्नेत र उपाध्यक्षमा प्रेमा केसीले उम्मेदवारी दर्ता गराउनुभएको छ। बंगलाचुली गाउँपालिकामा अध्यक्षमा माओवादी केन्द्रबाट सुवास पुन र उपाध्यक्षमा नेपाली काँग्रेसबाट भक्तबहादुर जिसीले मनोनयन दर्ता गराउनुभएको छ। यता नेकपा एमालेको तर्फबाट बबई गाउँपालिकाको अध्यक्षमा भुवनेश्वर पौडेल र उपाध्यक्षमा सावित्रा विश्वकर्माले मनोनयन गर्दा गराउनुुभएको छ। पौडेल र विश्वकर्मा २०७४ स्थानीय तह निर्वाचनमा बबई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेबाट निर्वाचित हुनुभएको थियो। शान्तिनगर गाउँपालिकामा विष्णु केसी र उपाध्यक्षमा कमला भण्डारी, दंगीशरण गाउँपालिका अध्यक्षमा एम.एन. शाह र उपाध्यक्षमा बुधनी चौधरी, राप्ती गाउँपालिकामा अध्यक्ष जगत पोख्रेल र उपाध्यक्ष कमलापति चौधरी, गढवा गाउँपालिकामा अध्यक्ष सहजराम अहिर र उपाध्यक्षमा सीता चौधरी, राजपुर गाउँपालिकामा अध्यक्ष कुलराज गिरी र उपाध्यक्षमा सीता यादव र बङ्गलाचुली गाउँपालिकाको अध्यक्षमा भेषराज खत्री र उपाध्यक्षमा सरस्वता घर्तीमगरले मनोनयन दर्ता गराउनुभएको छ। उम्मेदवारी मनोनयनका लागि जाँदै नेकपा एमालेका उम्मेदवार। उता गढवामा नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा यमनारायण शर्मा पोख्रेल र उपाध्यक्षमा एकीकृत समाजवादीकी शान्ति चौधरीले मनोनयन दर्ता गराउनुभएको छ। त्यसैगरी राप्ती गाउँपालिकामा माओवादीबाट प्रकाश विष्ट र जनमोर्चाबाट उपाध्यक्षमा केशव खनालले उम्मेदवारी दर्ता गराउनुभएको छ। राजपुरमा अध्यक्षमा चक्रबहादुर खडका र उपाध्यक्षमा पुष्पा यादव, बबईको अध्यक्षमा भीमबहादुर वली र उपाध्यक्षमा अञ्जु घर्तीले मनोनयन दर्ता गराउनुभएको छ। दंगीशरणमा अध्यक्षमा मणिराम चौधरी र उपाध्यक्षमा विनीता चौधरी, शान्तिनगरको अध्यक्षमा मोहन वली र उपाध्यक्षमा राधिका परियारले मनोनयन दर्ता गराउनुभएको छ। यसैबीच दाङ जिल्लामा सत्ता गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलेपछि एकीकृत समाजवादी केही पालिकामा एकल उम्मेदवारी दर्ता गराएको छ। एकीकृत समाजवादीका तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा सोभा शाहले उम्मेदवारी दिनुभएको छ।
महोत्तरीको १३ पालिका प्रमुखमा पुरानैको उम्मेदवारी
महोत्तरीको १५ पालिका मध्ये १३ पालिकाका निर्वतमान प्रमुखले फेरि चुनावी प्रतिस्पर्धामा आउन मनोनयन दर्ता गराएका छन् ।
विप्लव समूहका केन्द्रीय सदस्यको उम्मेदवारी नगर प्रमुखमा
नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) ले कपिलवस्तुको स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन सामग्री पुग्यो सबै जिल्लामा, मङ्गबारदेखि मतपत्र ढुवानी
निर्वाचन आयोगले ७७ वटै जिल्लामा निर्वाचन सामग्री पठाउने काम पूरा भएको जनाएको छ । सोमबार नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो कुराको जानकारी दिनुभएको हो ।
भरतपुरमा गठबन्धनको उम्मेदवारी दर्ता
भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारम रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ।
स्थानीय तह सदस्य निर्वाचनका लागि ८० प्रतिशत मतपत्र छपाइ सम्पन्न
वैशाख ३० गते सम्पन्न हुने आसन्न स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि हालसम्म ६३ जिल्लाका लागि १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाई सकिएको निर्वाचन आयोगले जनाएको छ ।
मनोनयन दर्ता गर्दा उम्मेदवार परिवर्तन
जिल्लाको मन्थली नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनले अन्तिममा आएर उम्मेदवार परिवर्तन गरेको छ ।
बिराटनगर महानगरमा एमालेबाट प्रमुखमा थापा र उपप्रमुखमा कार्कीको मनोनयन दर्ता
स्थानीय तहको निर्वाचनकालागी बिराटनगर महानगरपालिकामा बिभिन्न दलहरुका तर्फबाट मनोनयन दर्ताको क्रम जारी रहेको छ । यसै क्रममा महानगरको प्रमुख पदका लागि नेकपा एमालेको तर्फबाट सागर थापा र उपप्रमुखमा शिल्पा निरौला कार्कीले मनोनयन दर्ता गराउनुभएको छ ।