कर्णाली प्रदेश ब्युरो
सुर्खेत, वैशाख १३ गते ।स्थानीय तहको निर्वाचनका लागि सोमबार राजनीतिक दलहरूले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । आइतबार र सोमबार मनोनयन गर्ने दुई दिन भए पनि आवश्यक सहमतिका लागि भन्दै राजनीतिक दलहरूले सोमबार मात्रै उम्मेदवारको मनोनयन दर्ता गराएका हुन् । आइतबार केही स्वतन्त्र र साना दलले मात्रै उम्मेदवारी दर्ता गराएका थिए ।
सुर्खेतमा छुट्टाछुट्टै मनोनयन
छिन्चु समाचारदाताका अनुसार वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सुर्खेतमा सत्ता गठबन्धन, नेकपा एमाले, राप्रपा र स्वतन्त्रले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन् । गठबन्धन गर्ने भनिए पनि अन्तिम समयमा सहमति नभएपछि मित्रवत् रूपमा प्रतिस्पर्धा गर्ने गरी गठबन्धन र एमालेलगायतका दलहरूले छुट्टाछुट्टै मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली काँग्रेसबाट वीरेन्द्रनगरको प्रमुख पदमा उपेन्द्रबहादुर खड्का, उप–प्रमुखमा रामकुमारी थापा ‘खड्का’, नेकपा माओवादी केन्द्रबाट प्रमुखमा राजेन्द्र गिरी, उप–प्रमुखमा शान्ति ढकाल, नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा वीरबहादुर रावत, उप–प्रमुखमा धना शाही, एमालेबाट प्रमुखमा मोहनमाया ढकाल, उप–प्रमुख नीलकण्ठ खनाल, राप्रपाबाट प्रमुखमा मुकुन्दश्याम गिरी र उप–प्रमुखमा लक्ष्मीकुमारी विक ‘अञ्जु’ तथा स्वतन्त्रबाट प्रमुखमा अनिल ढकालले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलले जानकारी दिनुभयो ।
यता भेरीगङ्गा नगरपालिकामा सत्तारूढ दलहरूले गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट नगरपालिकाको प्रमुखमा रामबहादुर सिंह, उप–प्रमुखमा प्रतीक्षा विक तथा एमालेबाट यज्ञप्रसाद ढकाल र उप–प्रमुखमा धनसरा बोहोराले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गुर्भाकोट नगरपालिकाको प्रमुखमा काँग्रेसबाट हस्त पुन, उप–प्रमुखमा मैना विक तथा एमालेबाट प्रमुखमा तिलक खत्री र उप–प्रमुखमा सुशीला विश्वकर्माले उम्मेदवारी दर्ता गराउनु भएको छ । सिम्ता गाउँपालिकामा काँग्रेसबाट अध्यक्षमा वीरेन्द्र रावत, उपाध्यक्षमा बालकुमारी पुन तथा नेकपा एमालेबाट अध्यक्षमा ऐनबहादुर चन्द र उपाध्यक्षमा गोमा रेग्मीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
लेकबेँसी नगरपालिकाको प्रमुखमा काँग्रेसबाट उमेश पौडेल, उपप्रमुखमा लिलमति विक तथा एमालेबाट प्रमुखमा देव राना र विमला खड्लुकले उम्मेदवारी दर्ता गराउनु भएको छ । चिङ्गाड गाउँपालिकाको अध्यक्षमा काँग्रेसबाट डोरप्रसाद शर्मा, उपाध्यक्षमा मोहनमाया आचार्य, नेकपा एमालेबाट अध्यक्षमा बोधविक्रम जिसी, उपाध्यक्षमा मीनाकुमारी रोकाय, माओवादीबाट अध्यक्षमा जितबहादुर राना र उपाध्यक्षमा दुर्पता बफाल पुनमगरले मनोनयन दर्ता गराउनु भएको छ । चिङ्गाडबाटै काँग्रेसबाट अध्यक्ष पदमा हरिप्रसाद शर्मा र उपाध्यक्षमा चन्द्रा रानाले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख दलले गरे उम्मेदवारी दर्ता
मुसीकोट समाचारदाताका अनुसार वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि जिल्लाका सबै दलले उम्मेदवारी दर्ता गराएका छन् । छवटा स्थानीय तह रहेको रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (एकीकृत समाजवादी)लगायतका दलले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालय चौरजहारीमा माओवादी केन्द्रबाट पुष्प बादीले नगर प्रमुख र उपप्रमुखमा ईश्वरी शर्मा बीएमले उम्मेदवारी दर्ता गराउनुभएको छ । निर्वाचन अधिकृत द्रोणदत्त पौडेलका अनुसार चौरजहारीमा नेपाली काँग्रेसको तर्फबाट प्रेमबहादुर ओलीले नगर प्रमुख र दीपा डाँगी खड्काले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
एमालेको तर्फबाट नगर प्रमुखमा टङ्कप्रसाद ओली र उपप्रमुखमा डण्डी कार्की, चौरजहारीमा समाजवादीको तर्फबाट पुस्तक चन्द र सुशीला गिरीले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत गणेशकुमार गौतमका अनुसार आठबिसकोट नगरपालिकामा नेकपा माओवादीका रवि केसी र धनकुमारी शाहीले उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेपाली काँग्रेसका धीरेन्द्रकुमार बटाला र शोभाकुमारी मल्लले नगर प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी नेकपा एमालेका दिनेश चन्द र कृष्णकुमारी मल्लले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । समाजवादीका भगवती शाहीले नगरपालिकाको प्रमुखमा र हरिप्रसाद शर्माले उपप्रमुखम पदमा उम्मेदवारी दिनुभएको छ ।
माओवादी र समाजवादीबीच गठबन्धन
जिल्ला सदरमुकाम रहेको मुसीकोट नगरपालिकामा माओवादी र समाजवादीको गठबन्धनमा उम्मेदवारी दर्ता गरिएको छ । माओवादी केन्द्रलाई नगर प्रमुख र समाजवादीलाई उपप्रमुख दिने गरी सहमति भएपछि संयुक्त रूपमा उम्मेदवारी दर्ता गरिएको हो । माओवादी र समाजवादीको गठबन्धनबाट नगर प्रमुख पदमा माओवादीका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा र उपप्रमुख पदमा समाजवादीका केन्द्रीय सदस्य विमलकुमार पुनको उम्मेदवारी दर्ता भएको हो । मुसीकोटमा नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखमा महेन्द्र केसी र उप–प्रमुखमा निर्मला गिरीको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । नेकपा एमालेबाट थलबहादुर ओली र चन्द्री महतराले मुसीकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
काँग्रेस र एमालेको तालमेल
नेकपा माओवादी केन्द्रले सानीभेरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेको छ । गाउँपालिका अध्यक्षका लागि बिर्खबहादुर विष्ट र उपाध्यक्षका लागि कमला रोका पुनले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कमानसिं पुनले जानकारी दिनुभयो । सानीभेरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेले चुनावी तालमेल गर्ने भएका छन् ।
दुई दलबीच भएको छलफलअनुसार काँग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष पद लिने सहमति गरेर उम्मेदवारी दर्ता गराइएको छ । अध्यक्षमा गोरख चन्द र उपाध्यक्षमा प्रकाश खड्काको उम्मेदवारी परेको छ । जिल्लाको बाँफिकोट गाउँपालिकामा नेकपा माओवादीका चन्द्रबहादुर केसी र तारा बुढा केसीले अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ भने नेपाली काँग्रेसका जनककुमार बाठा र नन्दा केसीले उम्मेदवारी दिनुभएको छ । एमालेका तर्फबाट बाँफिकोटको अध्यक्षमा गणेशबहादुर केसी र उपाध्यक्षमा देउमी पौडेलले उम्मेदवारी दिनुभएको छ । बाँफिकोटमा समाजवादीले उम्मेदवारी दिएको छैन । त्रिवेणी गाउँपालिकाको अध्यक्षमा माओवादीको तर्फबाट गणेशकुमार केसी र राजकुमारी रेउलेको उम्मेदवारी परेको छ । नेपाली काँग्रेसका अमरसिं खड्का र सृष्टि बाठामगरले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको छ भने समाजवादीका धनराज खड्काले अध्यक्षमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत कृतिबहादुर बस्नेतले बताउनुभयो । एमालेको तर्फबाट डिल्लीबहादुर ओली र धनकला विष्टको उम्मेदवारी अध्यक्ष र उपाध्यक्ष पदमा मनोनयन दर्ता भएको छ ।
गठबन्धनसहित मनोनयन दर्ता
हुम्ला समाचारदाताका अनुसार आगामी वैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि दलहरूबाट हर्षोल्लासका साथ सत्ता गठबन्धन दल र नेकपा एमालेले बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुुसार नाम्खा गाउँपालिकामा सत्ता गठबन्धन दलका तर्फबाट माओवादी केन्द्रबाट अध्यक्षमा प्रेम लामा र उपाध्यक्षमा काँग्रेसका तर्फबाट तक्दिर लामाको उम्मेदवारी परेको छ । नेकपा एमालेबाट उपाध्यक्षमा नोरजाङ लामाको मनोनयन दर्ता भएको छ भने अध्यक्षमा स्वतन्त्रबाट माया लामा, कार्मातण्डुप लामाको उम्मेदवारी परेको छ ।
यता सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकामा गठबन्धन दलको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रबाट विजय भण्डारी र उपाध्यक्षमा काँग्रेसकी सुशीला रोकायाको उम्मेदवारी परेको छ । एमालेबाट अध्यक्षमा महेन्द्रबहादुर शाही र उपाध्यक्ष प्रतिमा लामा, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा तीर्थराज रोकाया र उपाध्यक्षमा प्रेमा लामाको उम्मेदवारी परेको छ । अध्यक्ष पदमा स्वतन्त्रबाट नन्दबहादुर शाहीको परेको छ भने उपाध्यक्षमा दिपबहादुर सिंहको परेको छ । खार्पुनाथ गाउँपालिकामा नेपाली काँग्रेसका तर्फबाट अध्यक्षमा कर्णबहादुर रावल र माओवादी केन्द्रकी लक्ष्मीकुमारी योगी रावल, एमालेबाट प्रकाशबहादुर शाही र स्वतन्त्रबाट वीरजङ्ग शाहीको रहेको छ भने र उपाध्यक्षमा प्रमुख दल र स्वतन्त्र गरी नौ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै सर्केगार्ड गाउँपालिकामा गठबन्धनबाट अध्यक्षमा नेपाली काँग्रेसबाट ठानबहादुर रोकाया र उपाध्यक्षमा चन्द्रसिंह कार्की, एमालेको तर्फबाट अध्यक्षमा ज्ञामी बुमीको परेको छ । सो गाउँपालिकामा स्वतन्त्रबाट अध्यक्षमा मानदेव शाही र अकिल बुढा तथा उपाध्यक्ष ज्योति शाहीको मनोनयन दर्ता भएको छ । चङ्खेलीमा गठबन्धनबाट अध्यक्षमा माओवादी केन्द्रका गोविन्द शाही उपाध्यक्षमा काँग्रेसकी मैना बुढा, वाम समीकणका तर्फबाट एमालेका तर्फबाट अध्यक्षमा विमला शाही र नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा प्रेमकला शाहीको उम्मेदवारी परेको छ । अध्यक्षमा स्वतन्त्र प्यारीलाल शाही र उपाध्यक्षमा भैरव तामाङको उम्मेदवारी परेको छ ।
यता अदानचुली गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्षमा नेपाली काँग्रेसका मोहनबिक्री सिंह र उपाध्यक्षमा कर्ण रोकायाको उम्मेदवारी परेको छ । एमालेको तर्फबाट अध्यक्षमा दलबहादुर फडेराको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट उपाध्यक्षमा लोकेन्द्र भण्डारीको उम्मेदवारी परेको छ । ताँजाकोट गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी र उपाध्यक्षमा काँग्रेसका सुरेन्द्र थापाको उम्मेदवारी परेको छ । अध्यक्षमा एमालेको अजमल बुढा र उपाध्यक्षमा चन्दादेवी ऐडीको उम्मेदवारी परेको छ । अध्यक्षमा स्वतन्त्र गोपाल बुढा र अकवीर खड्का र उपाध्यक्ष तिलक शाहीको मनोनयन दर्ता भएको छ ।
मुगु समाचारदाताका अनुसार यहाँका मुख्य दलहरूले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । मुगुको मुख्य निर्वाचन कार्यालयका अनुसार छायानाथ रारा नगरपालिकामा काँग्रेसबाट प्रमुखमा विष्णुकुमार भाम, उपप्रमुख ऐश्वर्या मल्ल, नेकपा एमालेबाट प्रमुखमा डम्बर रावल, उपप्रमुख टोमा लामा, गठबन्धन नेकपा माओवादीबाट प्रमुखमा सूर्यबहादुर बुढा, नेकपामा समाजवादीबाट उपप्रमुख बलराम साहनी, गठबन्धनबाट जनता समाजवादीबाट प्रमुखमा राजबहादुर भाम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुखमा बेलमति सेजुवालको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
यस्तै सोरू गाउँपालिकामा नेकपा एमालेबाट प्रमुखमा डिल्लीप्रसाद भट्ट, उपप्रमुखमा डिलकली शाही, खत्याड गाउँपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखमा सरिता रोकाया, नेकपा एमालेबाट प्रमुखमा लालबहादुर मल्ल र उपाध्यक्षमा कविता गिरी, मुगमकार्मारोङ गाउँपालिकाका लागि नेकपा एमालेबाट प्रमुखमा सोनाम छिरिङ लामा, उपप्रमुखबाट छिरिङ पुटिङ लामा, गठबन्धनका तर्फबाट नेपाली काँग्रेसबाट प्रमुखमा छिरिङ क्याप्ने लामा र नेकपा माओवादीबाट उपप्रमुखमा स्याङ्ग्याप लामाको उम्मेदवारी परेको छ ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                