शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                काठमाडौं, वैशाख १२ गते।  वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सोमबार साँझ ५ बजेसम्म ४७ हजार ६१७ जनाले उम्मेदवारी दर्ता गरेका छन्। निर्वाचन आयोगले आइतबार र सोमबार दुई दिन मनोनयन दर्ताका लागि समय दिएको थियो। 
निर्वाचन आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाका प्रमुख पदमा एक हजार ६२३ र उपप्रमुख पदमा ९५२ जनाको उम्मेदवारी परेको हो। गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ६०६ र उपाध्यक्ष पदमा एक हजार ४५ जनाको उम्मेदवारी परेको आयोगले विज्ञप्तिमार्फत् जानकारी गराएको छ।
आयोगका अनुसार देशभर वडाध्यक्ष पदमा १२ हजार १५१ जनाको उम्मेदवारी परेको छ भने वडा सदस्य पदमा १६ हजार चार जनाको उम्मेदवारी परेको छ। त्यस्तै, महिला सदस्य पदमा सात हजार ५९९ र दलित महिला सदस्यमा छ हजार ६३७ जना रहनुभएको छ।





 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                