शेयर गर्नुहोस:
                                        
                                    
                                    
                                        फन्ट परिवर्तन गर्नुहोस:
                                        
                                        
                                        
                                    
                                कपिल ज्ञवाली
सिद्धार्थनगर,बैसाख १३ गते । रुपन्देहीको सिद्धार्थनगरमा नेकपा (एमाले) ले कान्छी उम्मेदवारलाई वडा सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि नगरको वडा नम्बर ६ मा २१ वर्षीया श्वेताकुमारी हरिजनले महिला (दलित) सदस्यमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उहाँ अहिले स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । अब युवा पनि जनप्रतिनिधिको रुपमा आउनुपर्ने आवश्यकता छ उहाँ ले भन्नुभयो, । सिद्धार्थनगर–६ मा एमालेबाट वडाअध्यक्षमा राम दयाल गुप्ता, वडा सदस्यमा अनिता क्षेत्री, रामप्रसाद श्रेष्ठ, मोहम्मद अकिल मुसलमान र स्वेता कुमारी हरिजनले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
काँग्रेसको तर्फबाट प्रमुखमा संविधान सभा सदस्य इस्तियाक अहमद खाँ र उपप्रमुखमा पल्लवी न्यौपानेले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
 
                                        
                                                    गोरखापत्र
                                                
                                            
                                                                                            Gorkhapatra...
 
                                
                             
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                